CanadaKhabar.com

Monday, May 13, 2024 -
  • जनसम्पर्क समिति क्यानडाको एकता अधिवेशन हुँदै


    आईतबार डिसेम्बर ९, २०१८ मा टेलिकन्फेरेन्स मार्फत बसेको केन्द्रिय कार्य समितिको बैठकले संस्थाको एकता अधिवेशन गर्ने निर्णय गरेको हो । बिगतका हाम्रा सकारात्मक अनुभवहरुलाई बिना आग्रह पूर्वाग्रह संस्थागतरुपले पुंजिकृत गर्दै नेपाली कांग्रेसप्रति आस्थावान क्यानडास्थित सम्पूर्ण नेपालीलाई उत्साहपूर्वक सहभागी हुन सभापति तुल्सी पौडलले अपिल गरेका छन् ।

    यसअघि गत जुलाई १४ मा तोकिएको जनसम्पर्क समितिको अधिवेशन नेपाली कांग्रेस केन्द्रीय कार्यालयको निर्देशनमा स्थगित गरिएको थियो । परिवर्तित राजनैतिक घटनाक्रमको समिक्षा एवं विश्लेषण गर्दै कार्यदलको समिक्षा र माउ पार्टीको परामर्स अनुसार अधिवेशन गर्न लागिएको जनाईएको छ ।

    जनसम्पर्क समिति क्यानडाका सभापति तुल्सी पौडेलले कार्यसमिति लगायत नेपाली काँग्रेस प्रति विश्वास राख्ने क्यानडाबासी सबै नेपालीलाई अधिवेशनमा सहभागी हुन अपिल गरेका छन् । अधिवेशन प्रित प्यालेस बैंक्वेट हल मिसिसागा, ओन्टारियोमा हुने भएको छ ।

    जनसम्पर्क समिती क्यानडाको दुई मुख्य समानान्तर कमिटीहरु बनेकाले जनमानसमा थुप्रै द्विविधा रहेको छ । गुट उपगुट सहितका छुट्टा छुट्टै रहेका समानान्तर संगठन यो सम्मेलनबाट एकजुट हुन्छन हुँदैनन् त्यो भने देख्न बाँकी नै छ ।