CanadaKhabar.com

Sunday, May 5, 2024 -
  • क्यालगरीमा छैठौ अन्तराष्ट्रिय टोपी दिवस मनाइने

    २९ डिसेम्वर, क्यानाडाखवर क्यालगरी व्युरो ।

    नेपाली टोपी हाम्रो गौरव, हाम्रो पहिचान को नारा सहित जनवरी १ तारिख मंगलबार टोपी दिवस मनाउन लागिएको हो ।

    नेपाली राष्ट्रिय पोशाक (दौरा सुरुवाल र टोपी) सहित दिउँसो ११ बजे देखि १ बजे सम्म नेप्लिज कम्युनिटी सोसाइटी अफ क्यालगरीको नर्थइस्ट स्थित कार्यालयमा भेला हुने बताइएको छ ।

    नेपाली राष्ट्रिय पोशाक प्रेमी सम्पुर्णलाई कार्यक्रममा उपश्थित भईदिन कार्यक्रम संयोजक राजेन्द्र प्रसाद प्रसाईले अनुरोध गरेका छन ।

    कार्यक्रममा एनआरएन क्यानाडा अलबर्टा कमिटी, नेप्लिज कम्युनिटी सोसाईटी अफ क्यालगरी, क्यालगरी नेप्लिज कम्युनिटी एशोशिएसन, नेपाली साहित्य समाज क्यालगरी लगायत स्थानीय संघसंस्था सहित सर्वसाधरणको उपश्थिती रहने बताइएको छ ।