CanadaKhabar.com

Monday, May 13, 2024 -
  • सेक्स गर्न नदिए गाउँलेलाई भन्दिन्छु भनेपछी हत्या

    महोत्तरीको औरही नगरपालिकामा हालै घटेको एक घटनामा एकजनाको ज्यान गएको छ भने उनको हत्यामा संलग्न ५ जना पक्राउ परेका छन् । अरु दुईजनालाई प्रहरीले खोजिरहेको छ ।

    महोत्तरीको औरही नगरपालिका—२ का सुशील सहनी र जितनी देवी महतोबीच शारीरिक सम्बन्ध थियो । मंसिर २४ गते उनीहरूबीचको यौन सम्बन्ध स्थानीय ४० वर्षीय बेचु महतोको नजरमा र्पयो । आआफ्ना घरपरिवारबाट लुकिछिपी अनैतिक यौन सम्बन्धमा रहेका उनीहरूसँग बेचुले बार्गेनिङ गर्न थाले ।

    जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी खगेन्द्रबहादुर खड्काका अनुसार बेचुले जितनी देवीसँग बार्गेनिङ सुरु गरे । आफूसँग यौन सम्पर्क राख्न बेचुले जितनीमाथि दवाब बढाउन थाले । प्रस्ताव नस्वीकारे गाउँलेलाई भनिदिने भन्दै बेचुले ती महिलालाई धम्की दिन पनि भ्याए ।

    आफूहरूको क्रियाकलाप बेचुले देखेको र उनले राखेको यौन प्रस्तावबारे जितनीले आफ्ना प्रेमी सुशीललाई सुनाइन् । सुशीलले बेचुलाई उखुबारीमा बोलाएर हत्या गर्ने योजना बुने । उनको हत्या गर्न आफ्नै साथीहरूलाई परिचालन गर्ने चाँजोपाँजो मिलाए ।

    यता जितनीले सुशील र आफ्नो बीचको अनैतिक सम्बन्ध नखुलाउने सर्तमा बेचुको यौन प्रस्ताव स्वीकारेको नाटक गरिन् । फोन गरेर गएको मंसिर २५ गते राती १० बजे जितनीले गाउँ नजिकैको उखुबारीमा उनलाई बोलाईन ।

    बेचु आउने बाटो ढुकेर जितनीका प्रेमी सुशीलले आफ्ना साथीसहित कुरेर बसे । र, जितनीसँग यौनतृष्णा मेटाउन गएका उनी सुशील र जितनीले बुनेको जालमा फसे ।

    जितनी, सुशील र उनका सहपाठीले बेचुको घाँटी गम्छाले कसेर हत्या गरेको प्रहरीले जनाएको छ । उनको शव उखुबारीमै फालेर प्रेमी—प्रेमिका र उनीहरूका साथीहरू फरार भए ।

    घटना स्थलभन्दा २० मिटरपर भेटिएको मास्क र टोपीबाट इलाका प्रहरी कार्यालय गौशालाले अनुसन्धान थाल्यो । प्रहरी कार्यालय गौशालाका इन्स्पेक्टर किशोर आचार्यले बेचुले जितनीलाई बार्गेनिङ गरेर यौन प्रस्ताव राखेको कुरा गाउँमा गाइगुईं हल्ला चल्यो । त्यसपछि प्रहरीले जितनीलाई घटना घटेको दिनै पक्राउ र्गयो ।

    जितनीलाई प्रहरीले केरकार गरेपछि उनले बेचुको हत्याबारे खुलाइन् । त्यसपछि उनका प्रेमी सुशीललाई प्रहरीले गत मंसिर २६ गते नियन्त्रणमा लियो । प्रहरीको अनुसन्धानले आफूहरूको सम्बन्ध खुल्ने डरले जितनी र सुशीलले एक समूह बनाएर बेचुको हत्या गरेको खुलेको छ ।

    सांकेतिक तस्विर

    बेचुको हत्यामा संलग्न भएको आरोपमा प्रेमी प्रेमिका सहित उनीहरूका सहपाठीहरू चेकपटका २२ वर्षीय अनिल कुमार ठाकुर, २४ वर्षीय बौका भनिने मंजित सादा र २४ वर्षीय सुनिल सादालाई प्रहरीले पक्राउ गरेको छ । घटनामा संलग्न दुईजना अझै फरार छन् । पक्राउ पर्नेहरूमाथि कर्तव्य ज्यान शीर्षकमा मुद्धा दर्ता गरेर अनुसन्धान भइरहेको छ ।

    जितनी देवीका श्रीमान् काठमाडौंमा मजदुरी गर्दै आएका छन् । उनका पाँच वर्षका छोरा छन् । जितनी ६ महिनाको गर्भवती छन् । सुशील पनि विवाहित हुन् । उनको पनि सन्तान छन् । सुशील र जितनीबीच ५—६ महिनादेखि यौन सम्बन्ध रहेको प्रहरीले जनाएको छ ।

    घटना पश्चात प्रहरीले विशेष टोली गठन गरी अनुसन्धान सुरु गरेको थियो । घटनाको प्रकृति र स्थानीय तथा सरोकारवालाहरूसँग घटनाबारे प्रहरीले सुक्ष्म अनुसन्धान गरेको थियो । अनुसन्धानका क्रममा जितनी देवीबारे केही कुरा बाहिरिएपछि प्रहरी उनीमाथी केन्द्रित भएको थियो ।