CanadaKhabar.com

Monday, May 13, 2024 -
  • भारतले काश्मिर हमलाको जवाफी कारबाही गर्ने

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कास्मिरमा ४२ जनाको ज्यान जाने गरी भएको हमलाको भत्र्सना गर्दै हमलाकारीले ठूलो मुल्य चुकाउनुपर्ने भन्दै चेतावनी दिएका छन् । साथै उनले उक्त हमलाको जवाफी कारवाही गर्ने संकेत देखाएका छन् ।

    उनले आफूहरुले हमलाको ‘कडा प्रतिवाद गर्ने’ भनेका छन् । मोदीले भनेका छन्–‘हामी यसको कडा जवाफ दिने छौँ । जसले यो हमला गर्यो उसले ठूलो मुल्य चुकाउनुपर्ने छ । जसले सहायता गर्यो उसमाथि पक्कै कारवाही हुनेछ ।’

    उनले छिमेकी मुलुक पाकिस्तानलाई लक्षित गर्दै उसले पनि गल्ती गरेको बताएका छन् । उनले भनेका छन–‘यदी हाम्रो छिमेकले यस्तो घटनाबाट भारतमा अस्थिरता ल्याएको सोच्छ भने त्यो उसको ठूलो गल्ती हो ।’

    बिहीबारको हमला जैस ए मोहम्मद समुहले आफूले गरेको दावी गरेको छ । जहाँ ४२ जना भारतीय सुरक्षाकर्मी मारिएका थिए । र भारतमा यो पछिल्लो दशककै सबैभन्दा ठूलो हमला हो । पाकिस्तानले भने यसमा आफ्नो कुनै संलग्नता नरहेको भन्दै अभिव्यक्ति दिएको छ ।

    घटनापछि कास्मिरको जम्मु क्षेत्रमा कफ्र्यू लगाइएको छ । अहिले त्यहाँ हजारौँ नागरिकले पाकिस्तान विरोधी नारा लगाउँदै दर्जनौँ सवारीसाधनमा आगजनी गरेका छन् ।

    कास्मिरमा अहिले कफ्यू लगाइएको स्थानीय मिडियालाई उदृत गर्दै अलजजिराले जनाएको छ । एनडिटिभीका अनुसार प्रदर्शनको क्रममा कम्तिमा १२ जना घाइते भएका छन् । मुम्बइमा पनि भारतीय जनता पार्टीका कार्यकर्ताले पाकिस्तानको तस्बिर जलाएका छन् ।

    भारतको काश्मिरमा भएको हमलाबारे चिन बोल्यो
    जम्मु–कश्मीरको पुलवामामा बिहीबार भएको पृथकतावादी हमलामा ४२ भारतीय सैनिकको ज्यान गएको भोलीपल्ट शुक्रबार एक वक्तव्य जारी गर्दै चीनले यस घटनाप्रति दुःख व्यक्त गरेको छ ।

    तर चीनले यो हमला गर्ने संगठन जैस ए मोहम्मदका सञ्चालक मसुद अजहरलाई आतंकवादीका रूपमा प्रतिबन्धित गर्ने भारतीय प्रस्तावबारे यो पटक पनि केही बोलेको छैन ।

    चीन सरकारको तर्फबाट जारी गरिएको विज्ञप्तिमा कुनै पनि किसिमका आतंकवादको विरोध गर्ने जनाउँदै भारतीय सुरक्षाकर्मीमाथि भएको यो हमलाले गहिरो धक्का लागेको जनाएको छ ।

    चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गेङ्ग शुआङ्गले मसुद अजहरलाई आतंकवादीका रूपमा प्रतिबन्धित गर्ने कुरालाई आफूहरूले जिम्मेवाररूपमा हेरिरहेको बताएका छन् । यसअघि भारतीय विदेश मन्त्रालयले राष्ट्रसंघमा सबै सदस्य राष्ट्रलाई अजहरलाई आतंकवादीका रूपमा प्रतिबन्धित गर्न अपिल गरेको थियो ।

    भारतीय पक्षले अजहर पाकिस्तान निकट भएकाले चीनले उनको बचाउ गरिरहेको जिकिर गर्दै आएको छ । भारत सरकारले सन् १९९९ मा नेपालबाट भएको एयर इन्डियाको अपहरित जहाजका यात्रु छुटाउनका लागि अजहरलाई रिहा गर्न बाध्य भएको थियो ।

    त्यसपछि अजहर पाकिस्तानमा लुकिरहेको दाबी भारतले गर्दै आएको छ । भारतले संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्मा अजहरलाई प्रतिबन्धित गर्नका लागि धेरै पटक कोशिश गरेको थियो । तर चीनले भिटो प्रयोग गरेर भारतीय प्रस्तावलाई विफल बनाइदिँदै आएको छ ।

    २ जनवरी २०१६ मा पञ्जावको पठानकोटको एयरफोर्स बेसमा भएको हमलापछि भारत सरकारले मसुद अजहरलाई दोषी ठहर्याएको थियो । त्यसपछि फेब्रुअरी २०१६ मा राष्ट्रसंघमा अजहरलाई प्रतिबन्धित गराउने प्रस्ताव राखिएको थियो । तर चीनले भारतको यो प्रस्तावालाई विफल पारिदियो । चीनले डिसेम्बर २०१६ मा यस प्रस्तावको विरोधमा भिटो प्रयोग गरेको थियो ।