CanadaKhabar.com

Saturday, May 4, 2024 -
  • केरा खाँदा हुने अनगिन्ती फाइदा जान्नुहोस्

    केरा खाँदा धेरै फाइदाहरु छन् । जसलाई विभिन्न अध्ययनहरुले पनि पुष्टि गरेको छ । मानिसहरुमा केरा खाँदा मोटाउने भन्ने गलत धारणा बनेको छ । केराका अन्य फाइदाबारे धेरै जसो तपाईहरु अन्जान हुनुहुन्छ । आज जानौं केराका फाइदाहरु ।

    मुटुजन्य समस्याबाट मुक्त :

    ब्रेकफास्ट, लन्च र डिनरको समयमा एक एक ओटा केरा खाँदा शरीरलाई आवश्यक पोटासियम पर्याप्त प्राप्त हुने र यसले रगत जम्ने समस्याबाट मुक्ति हुने २१ प्रतिशत सम्भावना भएको बेलायती र इटालीका वैज्ञानिकहरुले बताएका छन् । यो अध्ययनलाई अमेरिकन कलेज अफ कार्डियोलोजीमा प्रकाशन गरिएको छ ।वैज्ञानिकहरुले विभिन्न अध्ययनका आधारमा यस्तो निष्कर्ष निकालेका हुन् । दैनिक १६ सय एमजी पोटासयुक्त खानेकुराले पाँच भागमा एक भाग स्ट्रोकको समस्या घट्छ । औसत केरामा करिब पाँच सय मिलिग्राम पोटासियम हुन्छ । पोटासियमको यस मात्राले रक्तचाप घटाउँछ र शरीरमा तरल पदार्थको सन्तुलनमा नियन्त्रण ल्याउँछ । दी न्यू इंग्ल्यान्ड जर्नल अफ मेडिसिनको यसअघिको एक अध्ययनअनुसार नियमित डाइटका रुपमा केरा खाँदा स्ट्रोकबाट हुने खतरालाई ४० प्रतिशतले घटाउँछ ।

    हड्डी बलियो :

    हामीले खाएको नुनिलोयुक्त पोषणबाट हुने खराब प्रभावसँग जुधेर हड्डी कमजोर हुनबाट बचाउन केरा एउटा महत्वपूर्ण फल भएको युनिर्भसिटी अफ क्यालिफोर्नियाका प्राध्यापक डिबोराह सेलमेयर बताउँछन् । केरा खाँदा महिलाको हड्डी बलियो हुने सेलमेयरको भनाइ छ ।

    डिप्रेसनबाट मुक्त :

    डिप्रेसनबाट पीडित बनेका अधिकांशले आफूलाई केरा खाएपछि धेरै राम्रो हुने गरेको बताएका थिए । यसको एउटै कारण छ, केरामा ट्राइपटोफान नामक एक प्रकारको प्रोटिन हुन्छ । त्यसलाई हाम्रो शरीरले सेरोटोनिनमा बदलिदिन्छ । सेरोटोनिनले हामीलाई खुसी बनाउने र मुड सुधार ल्याउँछ अनि डिप्रेसनबाट धेरै हदैसम्म मुक्ति दिलाउँछ । तसर्थ, केरा र खुसीबीच प्रत्यक्ष सम्बन्ध हुन्छ ।