
२४ फेव्रुअरी, क्यानाडाखवर, क्यालगरी व्युरो ।
अलबर्टाको क्यालगरीमा क्रियाशील नेप्लिज कम्युनिटी सोसाइटी अफ क्यालगरीले आफना स्वम सेवकहरुलाई एक कार्यक्रमको आयोजना गरि सम्मान गरेको छ ।

संस्थाको गत आर्थिक बर्ष २०१७ १८ मा सञ्चालित कार्यक्रमहरुमा स्वम सेवक भै कार्य सम्पादन गर्न सफल झण्डै १ सय २० जना स्वमसेवीहरुलाई हिजो प्रमाणपत्र सहित सम्मान गरिएको थियो ।

कार्यक्रममा बोल्दै अलबर्टा राज्यका कल्चर एण्ड टुरिज्म मिनिष्टर रिकार्डो मिराण्डाले नेपालीहरु वीचको एकता प्रशंशा योग्य भएको बताए । कार्यक्रममा राम मरहठ्ठाद्धारा प्रस्तुत एनसिएससी रिसोर्स सेन्टर परियोजनाबारे टिप्पणी गर्दै मिनिष्टर रिकार्डोले परियोजनाको सफलताको लागि शुभकामना दिएका थिए ।

कार्यक्रम संस्थाका अध्यक्ष धुव्र राईको सभापतित्व तथा कल्चर एण्ड टुरिज्म मिनिष्टर रिकार्डोको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा नेपाली संस्कृति झल्किने गीत तथा नृत्य प्रस्तुत गरिएको थियो ।

कार्यक्रमको संयोजन तथा सञ्चालन एनसिएससीका कार्यक्रम संयोजक नारायण भण्डारीले गरेका थिए ।
