CanadaKhabar.com

Monday, May 13, 2024 -
  • सम्झनामा रविन्द्र,भरतमोहन !

    क्यानाडाखबर संवाददाता । – टोरोन्टो क्यानाडा । प्रवासी नेपाली एकता मन्च क्यानाडाले नेपालका पुर्व उप प्रधानमन्त्री तथा अर्थमन्त्री भरतमोहन अधिकारी तथा पर्यटन मन्त्री रविन्द्र अधिकारीको सम्झना र सम्मानमा श्रद्धाञ्जली सभा आयोजना गरेको छ ।

    ब्राम्टोन स्थित एभरेष्ट तेक्वान्दो हलमा आयोजना गरिएको सभामा नेपाली समुदायका प्रतिनिधिहरुको सहभागीता रहेको थियो । नेपाली राजनीतिको ईतिहासमा नेता द्वयले पुर्याएको अतुलनिय योगदानको चर्चा कार्यक्रममा गरिएको थियो ।

    पुर्व अर्थमत्री भरतमोहन अधिकारीले आफ्नो कार्यकालमा निकै जनपक्षिय निती,योजना तथा कार्यक्रम जनतासामु ल्याएको बिषयलाई सभामा सबैले स्मरण गर्न भ्याए । त्यस्तै केही महिना अघी मात्रै एनआरएन क्यानाडाको निम्तोमा क्यानाडा भ्रमण गरेर फर्किएका प्रखर युवानेता तथा पर्यटन मन्त्री रविन्द्र अधिकारीको असामहिक निधनले राज्यलाई ठुलो क्षती पुगेकोमा सबैले चिन्ता ब्यक्त गरे ।

    श्रद्धाञ्जली सभामा बिचार राख्ने सबैजसोले राष्ट्रले एकै समय महत्वपूर्ण दुई ब्यक्ती गुमाएको भन्दै चिन्ता ब्यक्त गरे ।

    कार्यक्रममा एनआरएन क्यानाडाका अध्यक्ष गोपी काफ्ले, महासचिब चिरन धिमिरे, प्रबक्ता रबिन्द्र धिमिरे , प्रवासी नेपाली एकता मन्चका अध्यक्ष रमेश थापा, सचिब तथा कार्यक्रम संचालक असोक खड्का, कन्सन नेपालका चन्द्र राई, एनसीएनसीका सचिब संगिता जिसी जनसंपर्क समितीका चेयर अन्जनी भट्टराइ अध्यक्ष राम थापा, एनसिसिएस का अध्यक्ष बिधुर केसी लगायतले शोक मन्तब्य राखेका थिए भने कार्यक्रममा उपस्थीत सबैले दिवङ्गत नेता द्वयको तस्विरमा फूल गुच्छा चढाएर श्रद्धाञ्जली ब्यक्त गरे ।