CanadaKhabar.com

Friday, May 10, 2024 -
  • एनआरएन क्यानाडाको अधिवेशनलाई लिएर देशभर बहस शुरु

    १२ मे, क्यानाडाखवर, क्यालगरी व्युरो ।
    एनआरएन क्यानाडाको आगामि अगस्टमा हुने अधिवेशनलाई लिएर देशभर बहस शुरु हुन थालेका छन । एनआरएनए क्यानाडा राष्ट्रिय समन्वय परिषदले आसन्न अधिवेशनलाई लक्ष्यित गरि सदस्यता वितरण शुरु भएको आफनो वेवसाइट मार्फत जानकारी गराएको छ ।

    यस संगै देशका प्रमुख शहरहरु टोरोन्टो, सिसिसागा, व्राम्टन, स्र्काव्रो, क्यालगरी, एडमण्टन, भ्यान्कोभर, अटवा, सास्काटुन लगायतका स्थानमा चर्चा परिचर्चा शुरु भैसकेको जानकारी प्राप्त भएको छ ।

    अलबर्टाको क्यालगरीमा हिजो आयोजित “एनआरएन क्यानाडको महत्व र भावि नेतृत्व विषयक” अन्तक्रिया कार्यक्रमका बक्ताहरुले उपश्थित सहमती र सहकार्यको विकल्प नरहेको बताए । उनीहरुले नेपाली राजनैतिक पार्टीको झण्डा बोकेर चुनावमा नजान उमेदवारहरुलाई आग्रह समेत गरे ।

    कार्यक्रममा बोल्दै एनआरएन क्यानाडाका पुर्व उपाध्यक्ष प्रशन्नमान श्रेष्ठले राजनैतिक खिचातानीका कारण प्रवासी नेपालीहरुको मुद्धा ओझेलमा परेको बताए । उनले अलबर्टाबाट सहमती र सहकार्यको बाटोलाई खुला गर्नुपर्नेमा जोड दिए ।

    त्यस्तै एनआरएन क्यानाडाका भुतपुर्व सदस्य नारायण पोखरेलले सदस्यता लिनका लागि कठिनाई रहेको संकेत गर्दै यथासक्य छिटो, छरितो र सहज सदस्यता वितरण प्रक्रिया अपनाउन सम्वन्धित पक्षलाई आग्रह गरे ।

    अनलाईन मार्फत सदस्यता लिदा व्यक्तिगत विवरणको गोपनियतामा प्रश्न उठाउँदै एनआरएन क्यानाडाको भुतपुर्व प्रवक्ता डा. राजु तुलाधरले सम्वन्धित पक्षको ध्यानाकार्षण गराएका थिए ।

    एनआरएन क्यानाडको महत्व बारे बोल्दै उपाध्यक्ष माधव दुलालले एनआरएन क्यानाडाले टोरोण्टो बाहिरका नेपालीहरुको अवमुल्यन गरेको संकेत गरे । उनले एनआरएन क्यानाडाले जिटिए भन्दा बाहिरका नेपालीहरुलाई अपनत्व दिलाउन नसकेको स्वीकार गरे । उनले अवको नेतृत्व जिटिए बाहिरका शहरहरुबाट गर्न आह्वान समेत गरे ।

    कार्यक्रममा राजेन्द्र प्रसाई, राजेन्द्र गौतम, प्रकाश बस्याल, नविन सुव्वा, मोती राना, अनन्त
    आचार्य, दिपक ढकाल, धुव्र राई लगायतले आ आफनो विचार व्यक्त गरेका थिए ।