गोकर्ण लामिछाने – टोरोन्टो क्यानाडा ।
क्यानाडामा लामो समयदेखी निरन्तर बुद्द जयान्तीको कार्यक्रम आयोजना गर्दै आएको संस्था ‘कन्सन नेपाल’ले सदा झै यो वर्ष पनि ‘बुद्द जयान्ती सेलिब्रेसन’ कार्यक्रम आयोजना गर्यो । टोरोन्टो आसपासमा रहेका नेपाली समुदायको उपस्थितीमा कार्यक्रम गरिएको थियो ।
‘२५६३ औ बुद्द जयान्ती’को अबसरमा टोरोन्टोको ब्यस्त ठाउँ डन्डास स्वायरमा भेला भएका नेपालीहरु बुद्दका प्रेरक वाणी सहितका प्ले कार्ड, नेपालको राष्ट्रिय झन्डा , टोपी सहित र्याल्लीमा परिणत भएका थिए । झन्डै आधा घण्टाको पदयात्रा शान्ती र्याल्ली फिलिप स्वायर मा पुगेर टुङिएको थियो । बुद्द र नेपाल चिनाउने प्रयास स्वरुप यस्तो कार्यक्रम हरेक वर्ष आयोजना गर्दै आएको ‘कन्सन नेपाल’का कार्यक्रम संयोजक चन्द्र राइले जानकारी दिए।
नेपाली समुदाय, एनआरएनए क्यानाडा , टोरोन्टो आसपासमा रहेका संघ संस्थाका प्रतिनिधि, क्यानाडाका लागि नेपाली राजदुताबास अन्य देश सामाजिक अभियान्ता लागयत उपस्थीतीको कारणले नै कार्यक्रम सफल भएको कन्सन नेपालका अगुवा डाक्टर तुल्सी धरेलले बताए ।











