CanadaKhabar.com

Monday, May 13, 2024 -
  • अच्युत शर्माको जय जय नेपाल सार्वजनिक

    २२ जुन, क्यानाडाखवर, क्यालगरी व्युरो ।

    अमेरिकाको नर्थ क्यारोलाइना बस्नुहुने अच्युत शर्माको जय जय नेपाल बोलको राष्ट्रिय गीत यु ट्युब मार्फत हालै सार्वजनिक भएको छ

    राजश पायल राइको स्वर, खेम विश्वकर्माको संगीत तथा पुस्कर सुनुवारको संगीत संयोजन रहेको गीतको संयोजन शर्माले गरेका हुन ।

    देशमा विद्यमान पछिल्लो राजनीतिक परिदृश्यमा राष्ट्रियताको सवाल कम्जोर हुँदै गएकोले गीत संगीत मार्फत सम्पुर्ण नेपालीहरुलाई एकताको सुत्रमा बाध्न सकियोस् भनेर आफुले गीत सिर्जना गरेको शर्माले बताएका छन ।

    नेपाली सांगीतिक वजारमा आएका प्रायजसो राष्ट्रिय गीतहरूभन्दा पृथक स्वादमा पस्कने प्रयास स्वरुप आफुले लोक र रक संगीतको फ्युजनबाट यो गीतको संगीत तयार पारेको र यो गीतले स्रोताहरुलाई मनोरञ्जन गराउने कुरामा संगीतकार विश्वकर्मा
    छन ।

    गीत सुन्नको लागि लिंक

    :https://www.youtube.com/watch?time_continue=2&v=kPjQ40UJ-GQ&fbclid=IwAR0qeiKVD4c-8_OVxRYl5KeBj4nye3eL2oRz3OMK4FdnGXP9xQtKQuFen6k