CanadaKhabar.com

Monday, May 13, 2024 -
  • क्यानाडामा ‘आप्रावासी अवार्ड’बाट सम्मानित भए प्राध्यापक डा.तुल्सी धेरेल

    क्यानाडाखबर ।

    प्राध्यापक डाक्टर तुल्सी धरेल ‘क्यानाडाको उत्कृष्ट आप्रावासी अवार्ड’ – ( टप २५ क्यानेडियन इमिग्रेन्ड अवार्ड ) बाट सम्मानित भएका छन् ।

    मंगलबार अपरान्ह टोरोन्टोमा आयोजित एक समारोहमा बिजेता ‘उत्कृष्ट २५ इमिग्रेन्ट’लाई अवार्ड सहित सम्मान गरिएको थियो। समारोहलाई सम्बोधन गर्ने क्रममा डाक्टर धेरेलले सुरुमै भनेका छन् – ‘संसारकै उचो हिमाल सगरमाथाको देश , शान्तीका दुत गौतम बुद्दको देश, हाम्रो माटोलाई संसारभर चिनाउने गोर्खाजहरुको देशको प्रतिनिधित्व गर्दै यो अवार्ड सिरोपर गरेको छु ‘ ।

    झन्डै २० वर्षदेखी क्यानाडा रहदै आएका धरेल नेपाली समुदायका बिकासमा निरन्तर सकृय छन् । लामो समयदेखी सामाजिक अभियानमा लागिपरेका धरेल सेन्टेनियल कलेजका प्रोफेसर पनि हुन् ।


    समारोहमा धरेलसहित भारत, पाकिस्तान लेबनान, सिरिया, इरान, इटली, जोर्डन,भेनेजुयला, युगाण्डा, हंगकंग, नाइजेरिया, फिलिपिन्स, जमैका, भियतनाम दक्षिण कोरिया र चिनका गरी २५ जना आप्रवासीहरुले यो अवार्ड प्राप्त गरेका छन् ।

    थुप्रै सहभागी मध्य डक्टर धेरेललाई टप २५ मा पुर्याउन क्यानडाका नेपालीहरु अनालाइन भोटिङ गरी सहयोग गरेका थिए । आरबिसी बैकको मुख्य प्रायोजन रहेको यो आवार्ड बिगत ११ वर्षदेखी ‘क्यानेडियन इमिग्रेन्ड’ म्यागेजिनले गर्दै आएको छ ।