गोकर्ण लामिछाने – टोरोन्टो क्यानाडा । हिन्दू र बौद्द दर्शनमा आधारित महायज्ञ ‘ श्रीमत भागवत महायज्ञ सप्ताह’ क्यानाडाको टोरोन्टोमा शनिबार देखी सुरु भएको छ ।
नेप्लिज क्यानेडियन हेरिटेज सेन्टर ( पशुपतीनाथ मन्दिर ) को आयोजनामा सुरु भएको यो सप्ताहका मुख्य कथा वाचक हुन् ‘वाचन प्रविण गुरु’ दिनबन्धु पोखरेल । गुरु पोखरेल अमेरिकाको डिसी मेट्रो सप्ताह सके लगत्तै क्यानाडा आएका हुन् ।
झन्डै १ मिलियन डलर रकम दाताहरुबाट संकलन गर्ने लक्ष्य सहित कार्यक्रम आयोजना गरिएको छ । पशुपती मन्दिरको बिस्तार सहयोगार्थ सप्ताह आयोजना गरिएको आयोजकले बताएको छ ।
सप्ताह सम्पन्न गराउन जिटिए निवासी सबै नेपाली जुटेका छन् । सबै तहका नेपाली जनहरुको यो सकृयताले ‘एकतामा नै बल भेटिने ‘ तथ्य सावित गर्छ ।
हेरौं क्यानाडाखबर डटकमले तयार पारेको यो विशेष फिचर

















































