क्यानाडाखबर डेस्क, टोरोन्टो – क्यानाडा । मल्टिकल्चर फेष्टिबल ‘काराब्रम’मा नेपाली समुदायको तर्फबाट पनि उपस्थिती जनाइने भएको छ । बिगत वर्षहरुमा झै यो वर्ष पनि एनआएनए क्यानाडा र अन्य नेपाली संघ – संस्थाहरुको पहलमा नेपाली पभिलियन राख्न लागिएको छ ।

क्यानाडाको ब्राम्टोनस्थित ‘कन्ट्री गार्डन रिक्रीएसन सेन्टर’मा हुने यो मेलाला नेपाली पहिचान,कला र संष्कृती झल्कने नाच प्रस्तुत गरिने तयारी रहेको मेलाका नेपाली पभिलियन चेयर पिताम्बर भट्टराईले बताए ।

कार्यक्रम नेपाली हस्तकलाका सामाग्री मौलिक पहिरन तथा नेपाली खानाका पारीकारहरु प्रदशनीमा राखिने पनि उनले जानकारी दिए ।
(जुलाई १२ शुक्रबार )अर्थात आज देखी सुरु हुने यो फेष्टिबल ३ दिन सम्म चल्नेछ ।
नेपाल पर्यटन प्रर्वद्दक एनवी टन्डनको पहलमा सन् २०१५ देखी ‘काराब्राम’मा नेपाली स्टल राख्न सुरु गरिएको थियो । त्यस पश्चात नेपाली समुदायको तर्फबाट हरेक वर्ष सहभागीता हुँदै आएको छ ।
