१० हजार बढीले भिजिट गरे नेपाली स्टल

प्रकाश क्षेत्री, अगस्ट १०, क्यानाडाखवर, क्यालगरी व्युरो ।
अलबर्टा राज्यको एडमण्टन हेरिटेज फेस्टिभल २०१९ मा १० हजार बढीले नेपाली स्टल भिजिट गरेका छन । झण्डै ५ लाख दर्शकले अवलोकन गरिएको फेस्टिभलमा नेपाली सांस्कृतिक प्रस्तुतिका लागि छुट्टै स्टलको व्यवस्था गरिएको थियो ।

क्त स्टलमा क्यानाडाबासी सम्पुर्ण नेपालीहरुको प्रतिनिधित्व गर्दै नेप्लिज क्यानेडियन सोसाइटी अफ एडमण्टनद्धारा मौलिक सांस्कृतिक झलकहरु प्रदर्शन गरिएको थियो ।

नेपालका तर्फबाट नेपाली खाना (मम, कुखुराको मासु र भात) हेनमेड ज्वलरी, बुद्धका मुर्ति, भौगोलिक नक्सा, चित्र, नेपाली पोषाक आदि प्रदर्शन तथा विक्रीका लागि राखिएको थिए । नेपाली मौलिक गीत, नृत्य, भजन नाच पनि पनि गरिएको थियो ।

त्यस्तै फेस्टिभलको दोस्रो दिन नेप्लिज कम्युनिटी सोसाइटी अफ क्यालगरीले पुर्वी पहाडमा प्रसिद्ध साकेला नाच, नेपाली लोक नृत्यहरु, नेवा कल्चर सोसाइटी अफ अलबर्टाले नेवारी लाखे नाच प्रस्तुत गरेको थियो ।

क्यानाडाको अलबर्टा राज्यद्धारा हरेक बर्ष आयोजना गरिने हेरिटेज फेस्टिभलमा यस बर्ष विश्वभरका ७६ मुलुकले आआफना मौलिक कला संस्कृति तथा भेषभुषा प्रदर्शन गरेका थिए । फेस्टिभल हरेक बर्षको अगस्ट महिनामा ३ दिन सम्म एडमण्टन शहरमा हुने गर्दछ ।

नेपाललाई सांस्कृति र पर्यटकीय दृष्टिकोणबाट संसार सामु चिनाउनका लागि हेरिटेज फेस्टिभलमा नेपालीहरुको नेतृत्वे NECASE ले लिने गरेको नेपाल पेभलेन हेरिटेज फेस्टिभल २०१९ का संयोजक धुव्र श्रेष्ठले बताए ।
