CanadaKhabar.com

Monday, May 13, 2024 -
  • ब्राम्टोनमा मतगणना जारी पिताम्बर भट्टराई अग्र स्थानमा

    क्यानाडाखबर संबाददाता – टोरोन्टो क्यानाडा ।

    गैर आवासिय नेपाली संघ ब्राम्टोन क्षेत्रको निर्वाचन प्रकृया सकिए लगत्तै मतगणना गर्ने प्रकृया जारी छ । झन्डै ७० % मत गणना गर्ने क्रम सकिएको छ । अहिले सम्मको गणनामा पिताम्बर भट्टराई अग्र स्थानमा छन् उनले अहिलेसम्म २५३ मत प्राप्त गरेका छन् । उनलाई पछयाउदै दिनेश खतिवडा आएका छन उनको कुल मत २२७ । खसेको छ । त्यस सगै राज महतले १७२ मत प्राप्त गरेका छन् अर्का उम्मेद्वार कुन्दन घिमिरेको कुल मत १३० खसेको छ ।


    अब बाँकी गणना करीब एक घण्टा भित्रै सकिने ब्राम्टोन क्षेत्रका निर्वाचन प्रमुख डिआर खनालले क्यानाडाखबरलाई बताए ।

    अब बाँकी गणना करीब एक घण्टा भित्रै सकिने ब्राम्टोन क्षेत्रका निर्वाचन प्रमुख डिआर खनालले क्यानाडाखबरलाई बताए ।