क्यानाडाखबर संबाददाता – टोरोन्टो क्यानाडा ।
गैर आवासिय नेपाली संघ क्यानाडा ब्राम्टोन क्षेत्रको निर्वाचन प्रकृया सकिएको छ । निर्वाचनबाट पिताम्बर भट्टराइ र नेत्र खतिवडा (दिनेश) बिजयी भएका छन् ।

पिताम्बरले भारी मतले बिजयी हासिल गरेका छन् उनले कुल मत ३९७ प्राप्त गरे । उनी सगै नेत्र खतिवडा दिनेशले ३५८ मत ल्याएर आफ्नो सिट सुरक्षीत गरे ।

अर्का प्रतिस्पर्धी राज महतले २९४ मत र कुन्दन घिमिरेले कुल २१६ मत प्राप्त गरे
ब्राम्टोन क्यानाडा कै सबै भन्दा बढी मतदाता भएको क्षेत्र हो ।

यस क्षेत्र कुल ६४७ मत घस्यो त्यस मध्य ३ भोट बदर बन्यो ।