CanadaKhabar.com

Monday, May 13, 2024 -
  • एनआरएनए क्यानाडा : देशभरको परिणाम यस्तो छ ( बिशेष रिपोर्ट सहित )

    गोकर्ण लामिछाने – टोरोन्टो क्यानाडा ।

    गैर आवासिय नेपाली संघ क्यानाडाको सबै क्षेत्रमा निर्वाचन प्रकृया सकिएको छ । देशभरका ९ क्षेत्रबाट १३ प्रतिनीधी छानिएका छन् । छानिएर आएका प्रतिनिधि र ४ जना मनोनित सदस्यबाट राष्ट्रिय समन्वय परीषद् ( एनसीसी ) कार्यसमिती अगष्ट १७ मा निर्माण हुनेछ । ९ क्षेत्र मध्य ५ क्षेत्रमा मल्टिपल उम्मेद्वार निस्किए पछी सो क्षेत्रमा निर्वाचन प्रकृयाबाट प्रतीनिधी छनोट गरिएको हो । सबै जसो क्षेत्रमा दुई पक्ष,डेमोक्रयाट र वामपन्थीले उम्मेद्बारी दिएका थिए ।

    एनसीसीमा प्रगतिशिल मन्चको हाबी

    केही बिजयी उम्मेद्वारहरुले आफूलाई स्वतन्त्र दावी गरेपनी चुनावी अभियानमा खुलेरै बिचारसमुहको प्रतिनिधित्व गरेको देखिन्छ । निर्वाचित १३ सदस्य मध्य अधिकाशं प्रगतीशिल एकता मन्चको प्रतिनिधि रहेको जानकारहरु बताउछन् । सबैजसो क्षेत्रमा जनसंपर्क समिती र प्रगतीशिल मन्चले आ-आफ्ना उम्मेद्वारलाई प्रतिस्पर्धा गराएका थिए ।

    एनसिसीमा महिलाको संख्या शुन्य
    ‘राष्ट्रिय समन्वय परिषद्’ मा महिला सहभागीता नहुने निश्चित भएको छ । एनसिसी प्रतिनीधीका लागि एक जनाको मात्र उम्मेद्बारी परेको थियो । स्कार्ब्रो क्षेत्रबाट रश्मी थापाको उम्मेद्बारी थियो दुई जना प्रतिनिधि छनोट हुनु पर्नेमा ३ जनाको उम्मेद्वार परेपछी निर्वाचनमा जान परेको थियो । निर्वाचनमा उनिको पराजय संगै एनआरएन क्यानाडामा महिला सहभागीता शुन्यता हुने पक्कापक्की भएको हो ।

    के भन्छन् एनआरएनए क्यानाडा अध्यक्ष गोपी काफ्ले
    दुई वर्षे कार्यकाल संगै उनको समयबधी सकिदै छ । आफ्नो कार्यकालमा केही बिवाद, केही गुनासा देखिएपनी थुप्रै सकारात्मक कामहरु भएको उनले दावी गरे । भर्खरै सम्पन्न निर्वाचन प्रकृयालाई समिक्षा गर्दै उनले भने ‘ यो टिमले सफलताका साथ आफ्नो कार्यकाल बिट मार्दै छ । हाम्रो सकारात्मक अभियानबाट आत्तिने समुहले सामाजिक संजालको गतल प्रयोग गर्दै जुन दुस्प्रचार गरे त्यही दुष्प्रचारको पारीणाम जनमतले देखाइदिएको छ । ‘ हाम्रो प्रयास नेपाली समुदायलाई एकबद्द गराउने हो । सबै संघ संस्थालाई समन्वय गर्दै एनआरएनको अभियान चलाएका छौं । उनले भने ।

    निर्वाचन सहज, सरल र सफल
    क्यानाडाभर ९ निर्वाचन क्षेत्र मध्य ५ क्षेत्रमा निर्वाचन गरिएको थियो सबै निर्वाचन क्षेत्रमा शान्ती पुर्वक पूर्ण प्रजातान्त्रिक अभ्यासबाट निर्वाचन प्रकृयालाई टुङो लगाइएको एनसिसी क्यानाडाका निर्वाचन प्रमुख आयुक्त चन्द्र राईले बताए । सबै निर्वाचन क्षेत्रमा सफलता पुर्वक चुनाव गराउन सहजिकरण गराउने निर्वाचन प्रतिनिधि, उम्मेद्वार, संघ-संस्था राजनैतीक विचार समुह, मतदाता सबैलाई उनले धन्यबाद दिए ।

    ४ निर्वाचन क्षेत्रमा निर्बिरोध प्रतिनिधि
    प्रतिनिधि छनौट प्रकृयामा टोरोन्टो, एडमन्टन, क्याल्गरी र सास्काटुनमा निर्विरोध सदस्य छनिएका छन् ।
    टोरोन्टोबाट चिरन घिमिरे र सरोज भट्टराई एडमन्टनबाट अर्जुन रसाईली क्यालगरीबाट अनन्त आचार्य र सास्काटुनबाट देवेन्द्र सुबेदी विना प्रतिस्पर्धा निर्विरोध निर्वाचित भए ।

    एनसीसीमा प्रगतिशिल मन्चको हाबी

    केही बिजयी उम्मेद्वारहरुले आफूलाई स्वतन्त्र दावी गरेपनी चुनावी अभियानमा खुलेरै बिचारसमुहको प्रतिनिधित्व गरेको देखिन्छ । निर्वाचित १३ सदस्य मध्य अधिकाशं प्रगतीशिल एकता मन्चको प्रतिनिधि रहेको जानकारहरु बताउछन् । सबैजसो क्षेत्रमा जनसंपर्क समिती र प्रगतीशिल मन्चले आआफ्ना उम्मेद्वारलाई प्रतिस्पर्धा गराएका थिए ।

    के-के भयो नतिजा

    सबै भन्दा धेरै मतदाता निर्वाचन क्षेत्र ब्राम्टोनमा पिताम्बर भट्टराई र दिनेश खतिवडा बिजय

    गैर आवासिय नेपाली संघ क्यानाडा ब्राम्टोन क्षेत्रको निर्वाचन प्रकृया सकिएको छ । निर्वाचनबाट पिताम्बर भट्टराइ र नेत्र खतिवडा (दिनेश) बिजयी भएका छन् ।

    पिताम्बरले भारी मतले बिजयी हासिल गरेका छन् उनले कुल मत ३९७ प्राप्त गरे । उनी सगै नेत्र खतिवडा दिनेशले ३५८ मत ल्याएर आफ्नो सिट सुरक्षीत गरे । 

    अर्का प्रतिस्पर्धी राज महतले २९४ मत र कुन्दन घिमिरेले कुल २१६ मत प्राप्त गरे 
    ब्राम्टोन क्यानाडा कै सबै भन्दा बढी मतदाता भएको क्षेत्र हो । यस क्षेत्र कुल ६४७ मत घस्यो त्यस मध्य ३ भोट बदर बन्यो ।

      मिसीसागामा बिजय पौडेल र तुला भट्टचन बिजयी

    गैर आवासिय नेपाली संघ क्यानाडा मिसिसागा क्षेत्रको निर्वाचन प्रकृया सकिएको छ । निर्वाचनबाट बिजय पौडेल र तुला भट्टचन बिजयी भएका छन् । दुई सदस्य प्रतिनिधि भएको क्षेत्र मिसीसागामा तीन प्रतिनिधीको उम्मेद्बारी परेपछी निर्वाचन प्रकृयामा जान परेको हो । 

    तस्विर : सिएम उप्रेती 

    पौडेलले २३० मतले बिजयी हासिल गरे यस सगै भट्टचनले २६० मतले बिजयी हासिल गरे । अर्का उम्मेद्वार बिरेन्द्र राउतले जम्मा १२ मतको अन्तरले हार ब्यहोर्नु पर्ने उनले कुल मत २१८ पाए । मिसिसागामा कुल ४२१ मत खसेको मत मध्य ७ भोट बदर भएको एनआरएनए क्यानाडा निर्वाचन आयोग प्रमुख चन्द्र राइले बताए ।

    मनिटोवामा निर्वाचन सकियो शुशिल दोरंगा बिजयी

    गैर आवासिय नेपाली संघ क्यानाडा मनिटोवा क्षेत्रको निर्वाचन प्रकृया सकिएको छ । सेन्ट भिटेल पार्क उनिपेगमा सम्पन्न निर्वाचनमा त्यस क्षेत्रमा बसोबास गर्दै आएका नेपालीहरुले सहभागीता जनाएका थिए । 

    भर्खर प्राप्त जानकारी अनुसार मनिटोवामा शुशिल दोरंगा बहुमतले बिजयी भएका छन् , दोरङ्गाले कुल ४७ मत पाएका थिए उनका प्रतिद्वन्दी बिनोद कटुवाल क्षेत्रीले २१ भोट पाए । ७६ कुल मत खसेको थियो । कुल मत मध्य ८ भोट भने बदर भएको निर्वाचन प्रमुख अर्पना आचार्यले बताईन ।

    स्कार्ब्रोबाट उज्वल थापा र फडिन्द्र श्रेष्ठ

    स्कार्ब्रो निर्वाचन क्षेत्रमा २ जना प्रतिनिधि छानिएका छन् । दुई जना प्रतिनिधि छनोट हुनु पर्नेमा चार जनाको उम्मेद्वार परेपछी निर्वाचनमा जान परेको थियो । निर्वाचनबाट उज्ज्वल थापा र फडिन्द्र श्रेष्ठ बिजयी बने थापाले २३० र फडिन्द्रले १७२ ले प्रतिस्पर्धीलाई उछिनेका हुन् । अर्का उम्मेद्वार रमेश प्रसाईले १५५ मत पाए भने महिला उम्मेद्वार रश्मी थापाले १११ मत ल्याईन ।

    भ्यानकुभरबाट शरद शेरचन
    १ जना प्रतिनिधि छानिनुपर्ने भ्यानकुभरमा ३ प्रतिनिधिको उम्मेद्वार परेपछी निर्वाचनमा जान परेको थियो । निर्वाचनमा ४२ मत पाएपछी शरद शेरचन बिजयी बने उनका प्रतिस्पर्धी जगदिश कडेलले १९ मत पाए अर्का उम्मेद्वार सुरज बर्तौलाले शुन्य मतमा चित्त बुझाउनु पर्‍यो ।