CanadaKhabar.com

Monday, May 13, 2024 -
  • एनआरएनए क्यानाडाको अध्यक्षमा चिरन्जिवी घिमिरे निर्वाचित

    क्यानाडाखबर संवाददाता – टोरोन्टो क्यानाडा ।

    गैर आवासिय नेपाली संघ क्यानाडाको १२ औं राष्ट्रिय सम्मेलन टोरोन्टोमा सकिएको छ । चिरन्जिवी घिमिरेको अध्यक्षतामा १३ सदस्यिय कार्यसमिती चयन भएको छ । अघिल्लो कार्यकालमा महासचिवका हैसियतमा काम गरेका घिमिरे पेशाले नर्स हुन् । उनी झन्डै एक दशकदेखी स्थायी रुपमा क्यानाडा बसोबास गर्दै आएका छन् ।

    यस्तै उपाध्यक्षमा स्कार्बोरो क्षेत्रबाट निर्बाचित हेमन्त थापा ( उज्वल ), सस्काचुन, बिसी, एड्मन्टन, क्याल्गरीबाट नेत्त्रित्व गर्दै अर्जुन कुमार बिके र मिसीसागाबाट बिजय पौडेलले उपाध्यक्षको जिम्मेवारी लिने भएका छन् त्यस्तै महासचिवमा ब्राम्टोनबाट निर्वाचित पिताम्बर भट्टराई , सचिवमा फडिन्द्र श्रेष्ठ चयन भएका छन् । कोषाध्यक्षमा टोरोन्टोका सरोज भट्टराई निर्वाचित भएका छन् ।

    त्यस्तै गरी एनसीसी सदस्यमा ब्राम्टोनबाट नेत्र खतिवडा (दिनेश), मिसिसागाबाट तुला भट्टचन, क्याल्गरीबाट अनन्त आचार्य सास्काचुनबाट देबेन्द्र सुबेदी, मनिटोवाबाट शुशिल दोरङा चयन भएका छन् ।

    नयाँ कार्य समितीको पहिलो बैठकले ४ रिक्त पदमा मानोनित सदस्यहरु नियुक्त भएका छन् । जसमा युवा संयोजक इश्वर खत्री महिला संयोजक सुजता गुरुङ पश्चिम ओन्टारिओबाट रविन्द्र घिसिङ ओटावाबाट सन्तोष बराल एनआरएनए क्यानाडा राष्ट्रिय समन्वय समिती रहेर काम गर्ने भएका छन् ।

    निर्वाचन समितिले पुर्व अध्यक्षहरु तुल्सी सापकोटा र गोपी कृष्ण काफ्लेलाई आईसिसी सदस्यमा मनोनित गरेको छ ।

    साधारणसभाले यसअघीको कार्यकाल आर्थिक तथा सामाजिक प्रतिबेदनहरु छुट्पुट बिबादका बिच पारीत भएको छ ।