CanadaKhabar.com

Sunday, May 5, 2024 -
  • क्यालगरीमा बढदैछ तीजको चटारो,पशुपतीले तताए मन्च

    प्रकाश क्षेत्री
    १ सेप्टेम्वर, क्यानाडाखवर क्यालगरी व्युरो ।

    तीजको लहर आयो भन्दा भन्दै सकिन थाल्यो । क्यालगरीमा भने तीजको चटारो झन पछि झन बढदै गईरहेको छ । महिना दिन यता दैनिक तीजका जमघटहरु भइरहेका छन । साँझमा दिदि वहिनीहरुको जमघट गर्नु, दिनभरिको थकान तीजका गीतहरुमा नाचेर साटनु यहाँको दैनिकी जस्तै भएको छ ।

    क्यालगरी मार्टिन्डेल निवासी चन्द्रकला घिमिरेलाई दरखान हिड्न भ्याई नभ्याई छ । उनी महिना दिन देखि तीजको रमझममा पुरै व्यस्त छिन । सवैले बोलाउँछन, आउदिन भन्न पनि गाह्रो, दिदिवहिनी रिसाउलान कि भन्ने डर, जे होस क्यालगरी तीजमय बनेको छ । तन पो क्यानाडा, मन त पुरै नेपालमा छ नि !” ठटयौली पारामा उनले भनिन् ।

    विदेशमा बस्ने दिदिवहिनीका लागि तीजको महत्व झन बढी भएको बताउँदै उनी भन्छिन । “हिजो आमाहरुका दुख पीडाहरु फरक थिए, दुख पोख्ने माध्यम पनि फरक थिए । हामी आज प्रदेशमा छौ । यहाँ हरेकका आ आफनै भोगाइहरु छन । बर्ष भरिका दुखसुख साटासाट गर्ने र रमाउने अनि स्वतन्तत्रा महशुस गर्ने अवसर हो तीज ।”

    महिला विशेष चाडका रुपमा मानिने “हरितालिका तीज” को महिमा स्वदेशमा भन्दा विदेशमा दिन प्रतिदिन बढदै गइरहेको छ । हरेक नेपालीहरुका घरदैलोमा तीजका गीतहरु गुन्जिन थालेका छन । के साना, के ठुला सवै नारीहरुको चहल पहल हुने गर्दछ । यसले नेपाली कला संस्कृति एक पुस्ताबाट अर्काे पुस्तामा हस्तान्तरण गर्न पनि टेवा पुगिरहेको देखिन्छ ।

    नेप्लिज कम्युनिटी सोसाइटी अफ क्यालगरीकी भुतपुर्व अध्यक्ष कल्पना पौडेल पण्डितले क्यानेडियन परिवेशमा नेपाली संस्कृतिलाई निरन्तरता दिन तिजले महत्वपुर्ण भुमिका खेलिरहेको बताउछिन । तीज बारे उनी भन्छिन “सात समन्द्र पारि आएका छौं । हाम्रा लागि माइती भन्नु नै हामी दिदि वहिनीहरु हौ । एक आपसमा जमघट भएर दुख सुख साटासाट गरिरहेका हुन्छौ । तीजमा गरिएको नाचगानबाट अर्काे बर्षका लागि इनर्जि स्टोर भैरहेको हुन्छ, काम गर्ने उर्जा थपिएको महशुस हुन्छ ।”

    त्यसो त एनआरएन क्यानाडाकी पुर्व सदस्य विभु ओझालाई पनि तीजको रियालिटी नयाँ पुस्तालाई बुझाउनु जरुरी भएको लागिरहेको छ

    नेपाली धर्म, संस्कृतिले महिलाहरुलाई निकै प्राथमिकता दिएको छ भन्ने सन्देश क्यानेडियन समाजमा दिनुपर्ने बताउदै उनले भनिन “ दिदिवहिनीहरु निकै खुशी भैरहेको देखिन्छ । अहिले आएर नयाँ पुस्ताका,लागि तीज, दशैं तिहार जस्ता पर्वहरु रुचीको विषय वनिरहको छ । तर हाम्रा चाडपर्वहरुलाई नाच्ने, खानेमा मात्र सिमित राख्न हदैन । यस संगै जोडिएर आउने सांस्कृतिक महत्वका विषयहरु ब्रत बस्ने र पुजाआजा गर्ने कार्यलाई पनि अगाडि बढाउनु पर्छ तीजको ब्रत मायाको प्रतिक हो । श्रीमान प्रतिको आदार, सम्मान र निकटता दर्शाउने मार्ग पनि हो । त्यसैले यी कुराहरु दोस्रो पुस्तामा पुरयाउन जरुरी देखिन्छ ।”

    नेपाली भाषा, कला, संस्कृतिको संरक्षण र प्रवद्र्धनमा प्रतिवद्ध क्यालगरीका नेपाली संघ संस्थाहरुले पनि अग्रणी भुमिका खेलिरहेका छन ।
    यहाँका सञ्चालित नेप्लिज कम्युनिटी सोसाइटी अफ क्यालगरी, क्यालगरी नेप्लिज कम्युनिटी एशोशिएसन, एनआरएनए क्यानाडा अलबर्टा कमिटी लगायतले विभिन्न कार्यक्रमहरुको आयोजना गरि मनाउने गरेका छन ।

    नेप्लिज कम्युनिटी सोसाइटी अफ क्यालगरीले गत साता आयोजना गरको कायैक्रममा सयौको घुइचो लागेको थियो । नेपालका चचित लोक तथा दोहोरी गायक पशुपति शर्माको बेजोड प्रस्तुतीले तीजको माहोल तातेको थियो । उक्त कार्यक्रममा अलबर्टा राज्यका कम्युनिटी एव सोसियल मिनिष्टर राजन सहन्सि र नेपाल सरकारका लागि क्यानाडाका कन्सुलट स्टिभ हयास को पनि उपश्थिती रहेको थियो।