गोकर्ण लामिछाने / बद्री तिमल्सिना । टोरोन्टो, क्यानडाको ग्रेटर टोरोन्टोमा बसोबास गर्ने नेपाली समुदायका लागि बहु प्रतिक्षित मानिएको हिमालयन मेला यस वर्षका लागि पनि सम्पन्न भएको छ । नेपालमा आगामी वर्ष मनाइदै गरेको पर्यटकिय वर्ष २०२० का लागि सम्पूर्ण क्यानडियन पर्यटकहरुलाई नेपाल भ्रमणको सन्देश दिदै यसवर्षको हिमालयन मेला सकियो ।

पर्यटकहरुको घुइंचो लाग्ने टोरोन्टोको अति व्यस्त ठाउ नाथन फिलिप स्क्वायरमा भएको मेलामा पछिल्लो पिडिका युवा गायक समिर आचार्यले उपस्थित सवैलाई संगितबाट लठ्ठ पारेका थिए । अष्ट्रेलिया बस्दै आएका गायक आचार्य पछिल्ला दिनमा युवा वर्गमा निकै चर्चामा आएका गायक पनि हुन ।

यस्तै नेपालका चर्चित लोकगायक बुद्धिसागर बस्याल र गायिका देविका केसीले पनि दर्शकमाझ आफ्नो सांगितिक कोशेली दिएका थिए । कार्यक्रम सफल बनाउन एनआरएनए क्यानडासंगै ग्रेटर टोरोन्टोभित्र रहेका विभिन्न नेपाली संघ संस्थाहरुले सहयोग र समर्थन गरेको संस्थाका अध्यक्ष विदुर केसीले जानकारि दिए । कार्यक्रममा हिमालयन भाइव्सको प्रस्तुती यसपटक बेजोड रह्यो ।


करिव ४५ मिनेट लगातार प्रतक्ष्य संगीत र गायकीसंगै हिमालयन भाइव्सले यस वर्षको मेलामा आफ्नो नयां रेकर्ड नै बनायो । एकै समयमा दर्जनबढी मादलको ताल बनाउने मादल बादक सानुराजा महर्जनको प्रयासमा बनेको हिमालयन भाइव्सले यसपटकको नेपाली कला र संगीतलाई क्यानडियन बजारमा लैजाने प्रयास गरेको छ ।
यस्तै सृजनशिल नेपाल समाज क्यानडाका तर्फबाट साना बालबालिकाका नृत्य विदेशीहरुका लागि झनै आकर्षक बन्यो ।

बाग्लुङ समाजको पञ्चेबाजा, नेपाली बच्चाबच्चीहरुको मौलिक नाच , क्यानाडा निवासी स्थानिय कलाकारहरु गायन र न्रित्यले कार्यक्रमलाई थप आकर्षण पारेको थियो ।

समाजले लामो समयदेखि नेपाली कला र संस्कृति सिकाउनकै लागि बालबालिकाहरुलाई नृत्य प्रशिक्षण दिदै आएको छ । कार्यक्रममा क्यानडाका लागि नेपाली राजदूत भृगु ढुंगानासंगै विभिन्न नेपाली संगसंस्थाहरुको सहभागिता र सहयोग रहेको आयोजक एनसिसिएसले जनाएको ।

विशेषगरि ग्रेटर टोरोन्टोमा रहेका नेपालीहरुका लागि सिंगो नेपालकै प्रतिनिधित्व हुने गरि हरेक वर्ष आयोजना हुने हिमालयन मेला वर्षकै एउटा मुख्य पर्व जस्तै बनेको सहभागीहरुको दावी छ । हरेक वर्ष अगष्ट महिनामा आयोजना हुदै आएको हिमालयन मेलाले नेपाली कला संस्कृतिलाई विदेशीहरुमाझ चिनाउन मुख्य भूमिका खेल्दै आएको छ ।









कार्यक्रमको सम्पूर्ण तस्विर हेर्नका लागि तलको लिङक क्लिक गर्नुहोस् !
https://www.facebook.com/pg/Image-Park-673838062647369/photos/?tab=album&album_id=2697755330255622