७ सेप्टेम्वर,क्यानाडाखवर, क्यालगरी व्युरो ।
क्यानाडाको एडमण्टन निवासी निश्चल नेपाल आफनो गायन र नाटय कला मार्फत नर्थ अमेरिकन नेपाली समुदाय वीच लोकप्रिय बन्दै गएका छन । क्यानाडाका प्रमुख शहरहरुमा आफनो गायन कला प्रस्तुत गरिसकेका उनी सयुक्त राज्य अमेरिकाका शहरहरुमा पनि प्रस्तुति दिदै हिड्न थालेका छन ।
नेप्लिज क्यानेडियन एशोसिएशन अफ एडमण्टन संग आवद्ध उनले एडमण्टनमा आयोजना गरिने प्राय जसो कार्यक्रमहरुमा स्थानीयहरुलाई आफना गीत र नाटक मार्फत मनोरञ्जन दिने गरेका छन ।
विदेशी भुमिमा रहेका चुनौतिहरुलाई गहिरो अध्ययन गरेका उनी भन्छन “नेपाली कला, सगित मेरो रगतमा छ” यो क्षेत्रलाई व्यवसायिक रुपमा आगडि नबढाए पनि आफनो फुर्सदको समयमा यो क्षेत्रमा योगदान निरन्तर दिने उनी वताउँछन । उनी क्यानाडामा हुर्किरहेका बालबालिकाहरुलाई गीत संगीत मार्फत भाषा संस्कृति सिकाउन सहज हुने कुरामा विश्वस्त छन ।
दर्जन बढी नाटकहरुमा मुख्य भुमिका निर्वाह गरिसकेका निश्चल क्यानाडामा समसामयिक विषयमा नाटकहरु अभिनय तथा निर्देशन गरेका छन । बाल्यकाल देखि व्यवसायिक कलाकारितामा स्थापित हुने लक्ष्य राखेका उनको क्यानाडा बसाई पछि भने लक्ष्य मोडिएको छ । उनी आफनो फुर्सदको समयलाई कलाकारिता मार्फत सामाजिक रुपान्तरण गर्ने बताउछन ।