क्यानाडाको मिसासागा सहरका सिटिबसमा भिजिट नेपाल २०२० अभियानको प्रचाप्रसार थालिएको छ । नेपाल पर्यटन बोर्ड क्यानाडा र क्यानाडा नेपाल पर्यटन सांस्कृतिक व्यापार मंचको आयोजनामा १० वटा सिटि बसमा सुदूरपश्चिमसहित नेपालका ७ वटै प्रदेशका प्रमुख पर्यटकीय गन्तव्यस्थलका तस्वीरहरु राखी प्रचार गर्न थालिएको हो ।

नेपाल प्रमोसन नाम दिइएको सो कार्यक्रमको उद्घाटन रिभरउड पार्कमा पञ्चकन्यासहित मिसिसागाका सांसद दीपक आनन्दले गरेका थिए । उनले भिजिट नेपाल २०२० का अवसरमा नेपाल भिजिट गर्न सवैलाई आग्रह गर्ने र नेपालको पर्यटन विकासमा सहयोग पुर्याउने बताएका थिए ।

कार्यक्रमका सभापति तथा नेपाल पर्यटन बोर्ड क्यानाडाका मानार्थ प्रतिनिधि नरबहादुर टण्डनले यो अभियानमा सवैले साथ दिनु पर्ने बताए । सिटि बसमा सगरमाथा, कुमारी, लुम्विनी पशुपतिनाथ, पोखरा, सुदूरपश्चिम प्रदेशको खप्तड, बडिमालिका, अपि सैपाल हिमाल लगायतका तस्वीर राखी प्रचार प्रसार थालिएको छ । यि सामाग्री जुटाउन एभिन्युज टेलिभिजनकर्मी हिम्मत रावलको सहयोग महत्वपूर्ण रहेको भन्दै टन्डनले धन्यवाद ब्यक्त गरे ।

दुई महिनासम्म यसरी बसमा प्रचार प्रसार हुने मानार्थ प्रतिनिधि टण्डनले बताए । कार्यक्रमको संचालन डा. अन्जनी भट्टराइले गरेका थिए ।

तस्विर : रामकाजी मोक्तान