CanadaKhabar.com

Sunday, May 12, 2024 -
  • एनआरएनए क्यानडामा नयां सदस्य थप, नेपाल भ्रमण वर्षको प्रचारप्रसार पहिलो प्राथमिकतामा


    क्यानाडाखबर डेस्क – टोरोन्टो ।

    एनआरएनए क्यानडाका नवनिर्वाचित प्रतिनिधिहरुले औपचारिकरुपमा कार्यभार सम्हाले संगै कार्यसमितिमा थप नयां सदस्यहरु थपिएका छन् । ब्राम्टोन शहरस्थित एभरेष्ट तेक्वान्दो हलमा आयोजित हस्तान्तरण कार्यक्रमपछि बसेको कार्यसमितिको बैठकले विभिन्न क्षेत्रका लागि संयोजक र केही सल्लाहकार नियुक्त गरेको छ ।

    यसरी नियुक्त हुनेहरुमा मिडिया संयोजकमा क्यानाडाखबरका सम्पादक बद्री तिमल्सिना, पर्यटन समितिको संयोजकमा प्रदिप मरहठ्ठा र आर्थिक समितिको संयोजकमा अमृतो भट्टराई रहेका छन् भने स्वास्थ्य सम्बन्धिमा सुरेश गौतमलाई संयोजक तोकिएको छ । यसैगरि वैठकले यसअघिको कार्यकालमा कानूनी सल्लाहकार रहेका अतुल सुवेदीलाई यसपटक पनि निरन्तरता दिएको प्रवक्ता दिनेश खतिवडाले जानकारी दिएका छन् । ।


    यसैविच नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरेर एनआरएनए क्यानडाले टोरोन्टोमा ‘नेपाल’ मनाउने भएको छ । यहि सेप्टेम्बर महिनाको १९ का दिन विभिन्न स्थानिय नेपाली संघसंस्थाहरुसंगको सहकार्यमा टोरोन्टोको क्विन्सपार्कमा हुने कार्यक्रममा ओन्टारियो राज्यका सरकारी प्रतिनिधिहरुको सहभागिता रहने प्रवक्ता खतिवडाले बताए ।

    यसकार्यक्रमबाट क्यानडेली पर्यटकहरुलाई नेपालबारे जानकारि गराइने र नेपाल जान उनिहरुलाई प्रेरित गरिने बताइएको छ । यसअघि नेपाल पर्यटन प्रबद्क एनबी टन्डन, नेपाल पर्यटन बोर्ड क्यानडा लगायतका संघसंस्थाहरु सहकार्यमा ब्राम्टोन र मिसिसागा शहरमा गुड्ने सार्वजनिक बसहरुमा नेपाल भ्रमण वर्ष २०२० सम्बन्धि व्यानरहरु टासेर प्रचार प्रसारको सुरुवात भईसकेकोछ । अहिले यि शहरहरुका बसमा नेपाल सम्बन्धि व्यानरहरु देख्न सकिन्छ ।