CanadaKhabar.com

Saturday, April 19, 2025 -
  • को हुन् एनआरएनका महासचिव उम्मेदवार डा. केशब पौडेल ? ( तनहुँ देखि अमेरिका सम्मको यात्रा)

    तनहुँको कलेस्तीमा जन्मिएर १५ वर्ष अगाडि अमेरिका पुगेका डा.केशव पौडेल यो समय अमेरिकामा रहेका नेपालीहरुबिचको परिचित नाम हो । तनहुँ जन्मभुमी भएका उनि नेपालको पाखा-पखेरा, खोरिया-कान्ला, गाउँ र समाजकै परिबेशबाट हुर्किएका व्यक्ति हुन्। उनले नेपालमा गएको महाभूकम्पमा विभिन्न जिल्लामा सहयोग समेत पुर्‍याएका थिए।

    डा.पौडेल तनहुँको माहेन्द्रीमा स्कुले जीवन, त्रिभुवन विश्वबिद्धालयको चिकित्सा बिज्ञान अध्ययन, महाराजगन्ज चिकित्सा अध्ययन संस्थानमा सेवा, सन २००५ देखी अमेरिका प्रवेश गरी टेनेसी विश्वबिद्धालयबाट हस्पिटल ब्यबस्थापनमा एमबिएसंगै न्युयोर्कको मोन्टिफोयर मेडिकल सेन्टरबाट मेडिकल डाक्टर पोष्टग्रयाजुएट कोर्स पुरा गरी न्युयोर्ककै सनी अपस्टेट मेडिकल बिस्वबिध्यालय बिन्ह्यम्टन कलेजमा सहायक प्राध्यापक हुंदै हाल न्यू मेक्सिको राज्यको लभलेस हेल्थ सिस्टम अल्बकर्कीको सिनियर मेडिकल डिरेक्टरको रुपमा कार्यरत रहेका छन्।

    गत २०१५-१७ सम्मको कार्यकालमा अध्यक्षको रुपमा माया बोकेर कहिले अमेरिकाका कुना कुनामा, ओखती बोकेर भुकम्पले ग्रसित जन्मभुमीमा संगै नारा बोकेर संसारका अन्य एनआरएन मुलुकमा आफूलेसक्दो एनआरएन अभियानमा सक्रिय रहेर उनले काम गरेका छन् । उनि अमेरिकाको दुई कार्यकाल अध्यक्ष भैसकेका एनआरएनको आगामी निर्वाचनमा महासचिव पदका लोकप्रिय र बलियो उम्मेदवार रहेका छन्।