CanadaKhabar.com

Friday, May 3, 2024 -
  • एनआरएनए युरोपको उप-संयोजकमा कृष्ण तिमल्सिनाको उम्मेद्बारी : प्रभावकारी काम गरेर देखाउने प्रतिबद्दता ।

    गोकर्ण लामिछाने – टोरोन्टो, क्यानाडा ।

    गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको निर्वाचन नजिकिँदै गर्दा यतिबेला विश्वका प्राय मुलुकहरुमा राष्ट्रिय समन्वय परिषदका निर्वाचनहरु लगभग सकिएका छन् । सबै देशको राष्ट्रिय समन्वय परिषदको निर्वाचन सकिएपछी विश्वभरका गैरआवासीय नेपालीहरु अन्तर्राष्ट्रिय समन्वय परिषदको चुनावको प्रतिक्षामा छन् ।

    गैर आवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषदको आसन्न निर्वाचनमा एनआरएनए अभियान्ता कृष्ण तिमल्सिनाले युरोपको उप–संयोजकमा उम्मेद्वारी दिने घोषणा गरेका छन् । उम्मेद्वारी घोषणा गर्दै एनआरएनएका अभियान्ता तिमल्सिनाले देश विकासको लागि विदेशमा रहेका नेपालीको ज्ञान सिप र दक्षताको प्रयोग गर्न पर्ने बताएका छन् ।

    गैर आवासिय नेपाली संघमा एकता हुन आवश्यक भएको बताउँदै उनले विदेशमा सिकेको ज्ञान देशको विकासमा खर्चिन ढिलाई गर्न नहुनेमा जोड दिएका छन् । उनले युरोपमा एनआरएनए एनसीसीलाई थप बिस्तार गर्न, युरोपमा सकृय राष्ट्रिय समन्वय परिषदलाई अझ संस्थागत, दिगो र एनआरएन आइसीसीप्रति उत्तरदायी बनाउन आफुले उम्मेद्वारी दिएको प्रस्ट्याएका छन् ।


    लन्डनमा लामो समय नेपाली समुदायको बिकासकालागी सकृय तिमल्सिना नेप्लिज सेफ एसोसिएसन यूकेका पूर्व अध्यक्ष, एनआरएनए यूकेका पूर्वउपाध्यक्ष तथा एनआरएनए आईसीसीका पूर्वसदस्य हुन्।
    झन्डै डेढ दशकदेखी ल्यान्डन बस्दै आएका तिमील्सिनाले सेफ पृष्ठभूमिबाट आफ्नो करियर बनाउन सुरु गरेका हुन् अहिले रेष्टुरेन्ट र फुडस्टोरमा उनको लगानी त्यसबाहेक नेपालमा माइक्रो फाइनान्स, हाइड्रो , रियल स्टेट लागयतका क्षेत्रमा छ ।

    आफूले उम्मेद्बारी दिनुका मुख्य कारणहरु प्रष्ट्याउदै उनले युरोपमा बसेका सबै नेपालीहरुको साझा समस्याहरु पहिचान गरी त्यसको निराकरणमा प्रयास गर्ने , युरोपमा जन्मे हुर्केका नेपाली बाल बच्चाहरुलाई एनआरएनमा समाहित गर्दै देश, भाषा र नेपाली कला संस्कृतिप्रति रुची जगाउन पहल गर्ने, सबै नेपाली समुदाय संघ संस्थालाई एकबद्द गराई उनिहरुको सामाजिक, आर्थिक तथा नेपाली समाजको बिकासमा उत्तरदायी भूमिका निर्वाह गर्ने जस्ता जस्ता एजेन्डा आफूले अगाडी सारेको बताएका छन् ।