CanadaKhabar.com

Monday, May 13, 2024 -
  • क्यानडाको संसद भवनमा नेपालीले नेपाल डे मनाए, एक पटक नेपाल भ्रमण गर्न सबैलाई निम्तो

    क्यानडाखबर डेस्क
    टोरोन्टो, नेपालको संविधान दिवसको अवसर पारेर क्यानडाको टोरोन्टोमा नेपालीहरुले नेपाल डे मनाएका छन् । टोरोन्टोको क्विन्सपार्कस्थित प्रान्तिय संसद भवनमा नेपाल डे मनाइएको हो । क्यानडाको प्रोगेसिभ कन्जरभेटिभ पार्टीको संसदिय दलको सभाहलमा आयोजित विशेष कार्यक्रममा स्थानिय सांसद तथा विभिन्न नेपाली संस्थाहरुका प्रतिनिधिहरुले नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्नमा जोड दिए ।

    गैरआवासिय नेपाली संघ एनआरएनए क्यानडाको अगुवाइमा भएको कार्यक्रममा एनआरएनए क्यानडाका अध्यक्ष चिरन्जिवी घिमिरेले विश्वकै सुन्दर देश नेपाल एक पटक भ्रमण गरिदिन आग्रह गरेका थिए । यस्तै क्यानडाका लागि नेपाली अवैतनिक महावाणिज्य दूत डा. कुन्जर शर्मा, कन्सर्न नेपालका संयोजक डा. तुल्सी धरेल लगायतले नेपालको संविधान र नेपालको वर्तमान अवस्थाका बारेमा संक्षिप्त जानकारि गराएका थिए । कन्जरभेटिभ पार्टीका सांसद दिपक आनन्दले सर्वोच्च शिखर सगरमाथा रहेको नेपाल विश्वकै सुन्दर देश भएकाले पनि एक पटक भ्रमण गर्न सवैलाई आग्रह गरे ।

    आफू नेपाली समुदायसंग धेरै घुल मिल भएकाले पनि नेपालका विषयमा आफू जानकार रहेको भन्दै उनले नेपाल भ्रमण वर्ष २०२० सफल पार्न आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । एनआरएनए क्यानडाका महासचिव पिताम्वर भट्टराईले संचालन गरेको कार्यक्रममा नेपाली राष्ट्रिय गानले सभाहल गुन्जिदा स्थानिय संचारकर्मी र क्यानडेली पाहुनाले यसको संगीतलाई ध्यान दिएर सुनेका थिए । ब्राम्टन मिसिसागा क्षेत्रका सांसद दिपक आनन्दले नै नेपाल डे मनाउनका लागि सबै किसिमको प्रवन्ध मिलाइदिएका थिए ।