CanadaKhabar.com

Monday, May 13, 2024 -
  • समृद्द नेपालको लागि स्वास्थ्य नेपाली सर्बोपरि पुर्ब शर्त हो – प्रमिला बस्नेत

    समृद्द नेपालको लागि स्वास्थ्य नेपाली सर्बोपरि पुर्ब शर्त हो -प्रमिला बस्नेत

    क्यानाडाबाट समृद्द नेपालको लागि स्वास्थ्य नेपाली सर्बोपरि पुर्बशर्त हो । स्वास्थ्य सरकारको आधारभूत कार्यक्षेत्र हो। त्यसको लागि एन आर एन ए अभियन्ताहरु नेपाल सरकारसंग स्वदेश र बिदेशमा सहकार्य गर्दै आएका छन् । सरकारी प्रतिबद्धतामा सहयोगी भूमिका गैर्ह सरकारी क्षेत्रको पनि उत्तिकै आबश्यक हुन्छ । गैरह आवासीय नेपाली संघ (एन आर एन ए ) अन्तर रास्ट्रिय समन्वय परिषद ग्लोबल हेल्थ एण्ड हाइजिन कमिटी र एन आर एन ए अमेरिका रास्ट्रिय समन्वय परिषदको संयुक्त प्रयासमा आयोजित प्रथम ग्लोबल स्वास्थ्य समेलन यही सेप्टेम्बर २०- २२ संयुक्त राज्य अमेरिका एट्ळाण्टामा भव्यताका साथ सम्पन्न हुन् गैरहेको कुरा सम्पूर्ण बिश्वभरका एन आर एन ए अभियन्ताहरुको, नेपालीहरुको र नेपाल सरकारको लागि आफैमा शुभ संदेश हो । एन आर एन ए अभियन्ताहरु नेपाल सरकारसंगको सहकार्यको एउटा पाइलो यो सम्मेलन भएको मान्नु पर्छ,विभिन्न बिश्व बिद्द्यालयहरुमा अध्यापन, अनुसन्धानरत विज्ञहरुबाट प्रस्तुत गरिने बिचारहरुले सम्मेलनलाई उच्च स्तरको बनाउने छ ; ब्यबहारिक र बैज्ञानिक निस्कर्ष निस्कने छ । नेपाल सरकारको स्वास्थ्य योजनाको तर्जुम्मा, नीतिगत निर्माण र कार्यन्वयन गर्नमा उपयोगी दस्ताबेज बन्ने छ।

    एन आर एन ए क्यानाडाको प्रतिनिधि गर्दै सम्मेलनमा औपचारिक रुपमा भाग लिने अवसर पाएकोमा खुसि हुदै दुर्गम क्षेत्रका नेपाली महिला हरुको आङ्ग खस्ने ( पाठेघर झर्ने ) समस्या र समधान बिषयमा केहि बोल्ने सोच लिएर सहभागी हुदै छु । एन आर एन ए अन्तर रास्ट्रिय समन्वय परिषद महिला फोरमले बिगत केहि बर्ष देखि नेपालको दुर्गम स्थानहरुमा आंग खस्ने ( पाठेघर झर्ने ) समस्या मा सहयोग पुर्याउने उदेश्यले घुम्ती स्वास्थ्य परिक्षण र शल्य चिकित्सा सेवा संचालन गराउदै आएको छ । एन आर एन ए क्यानाडाले पनि बिगतमा आर्थिक संकलन गरी संस्थागत रुपमा संकलित रकम घुम्ती स्वास्थ्य परिक्षण र शल्य चिकित्साको लागि आबश्यक सहयोग पुर्याउने उदेश्यले पठाउदै आएको छ समृद्द नेपालको लागि स्वास्थ्य नेपाली सर्बोपरि पुर्ब शर्त हो -प्रमिला बस्नेत सामुदायिक स्वास्थ्यको बुझाइमा रोग नहुनु मात्रै असल स्वास्थ्य होइन /

    असल स्वास्थ्य भनेको मानब शरीर, दिमाग र आत्मा तन्दुरुस्त हुनु हो समृद्द नेपालको लागि स्वास्थ्य नेपाली सर्बोपरि पुर्ब शर्त हो -प्रमिला बस्नेत महिला स्वास्थ्यको अर्थ मातृत्व स्वास्थ्य भन्दा व्यापक छ। महिला स्वास्थ्य भन्नु स्वास्थ्य सुविधा पाउनु मात्र पनि होइन। स्वास्थ्य रहनुको साचो अर्थ भनेको महिलाका लागि आफ्नो असल स्वास्थ्यका लागि आवश्यक निर्णय गर्नसक्ने अवसर हो।

    र उनीहरूले समुदायको स्रोत र देशको तथा विश्वकै स्रोत र संपदा उचित रूपमा उपयोग गर्न पाउनु पनि हो समृद्द नेपालको लागि स्वास्थ्य नेपाली सर्बोपरि पुर्ब शर्त हो -प्रमिला बस्नेत नेपालको परिबेशमा आङ खस्ने समस्या सामाजिक कुराहरु पनि जोडिएका हुन्छन् समृद्द नेपालको लागि स्वास्थ्य नेपाली सर्बोपरि पुर्ब शर्त हो -प्रमिला बस्नेत प्राप्त श्रोत अध्ययन र भ्रमण गर्दा के भेटिन्छ भने नेपाली ग्रामिण समाजमा हाल पनि विद्यमान अबस्था जस्तै सानो उमेरमा विवाह गर्नु,सानो उमेरमा बच्चा जन्माउनु , धेरै बच्चा जन्माउनु तथा जन्मान्तर कम हुनु , दक्ष स्वास्थ्यकर्मीद्वारा सुत्केरी नगराउनु , स्वास्थ्य सेवाको पहुच नहुनु , लामो समय सम्म सुत्केरी ब्यथा लाग्नु , सुत्केरी अवस्थामा प्रर्याप्त पोशिलो खाना र स्याहार नपुग्नु , गह्रौ भारी बोक्नु, – टुक्रुक्क बसेर धेरे बेरसम्म काम गर्नु, घाँस काट्ने ,पानी बोक्ने जस्ता काम गर्नु, पेटको माथिबाट तललिर कसेर पोटुका बाँध्नु, सुत्केरी आमालाई बारम्बार खोकी लागि रहनु, कब्जीयत हुनु, असुरक्षित गर्भपतन गराउनु, सुत्केरी पछि आराम नपुग्नु, हुन्छ।

    अधिकांश ती महिला कम उमेरमै पटकपटक गर्भवती हुन वाध्य छन्। देशका करीब एक तिहाई महिलाको परिवार नियोजनका साधन सम्म पहुँच छैन / नेपालमा करीब ६ लाख महिलाहरु यस्तो समस्याबाट पीडित भएको ठानिएको छ। एक महिलाले आङ्ग खसेको विषयमा पारिवारिक सामाजिक समस्या आफ्नो अनुभव यसरी सुनाएकी थिइन्, “पाठेघर झरेकै महिलाले धेरै भनाइ खानुपर्छ। चोर त्यही हुनुपर्ने आरोप, बोक्सी त्यही हुनुपर्ने आरोप, मेलापातको सहयोग उसैलाई नहुने। आङ्ग खस्ने समस्या भएका महिलाहरुले शारीरिक मात्र नभई मानसिक यातनापनि सहन वाध्य हुनुपरेको देखाउँछ। मानव अधिकारको हनन उत्तिकै गम्भीर हुने गर्छ। आङ्ग खस्ने समस्याको रोकथाम गर्नेमा व्यक्ति परिवार र समाजको अनि सरकारको सहयोगको उच्च योगदान रहेको हुन्छ । यो सम्मेलनमा नेपाल सरकारको तर्फबाट स्वास्थ्य मन्त्रिको सहभागित हुने भएकोले सम्मेलन ले महत्व पाएको छ । सम्मेलनमा छलफल भएका महत्वपूर्ण बिषय, नीतिगत र निचोड निष्कर्षबाट तयार गरी जारी गरिने स्वेत- पत्रलाई नेपाल सरकारले आत्मसाथ गर्ने छ। सम्मलेनको भब्य सभ्यताका साथ सफलताको शुभकामना छ ।

    अमेरिका मा हुनलागेको यो पहिलो नेपाली बिस्वस्वास्थ सम्मेलन लाई पूर्ण रूपले सफल गराऊन म सम्पूर्ण गैर आवासीय नेपाल दाजुभाइ दिदीबहिनीहरुमा हार्दिक अनुरोध गर्दछु । उक्त समयमा महिला स्वास्थ सम्बन्धी पनि कार्यक्रम हुने हुँदा उपस्थितिको लागि म हजुरहरुलाई बिशेष अनुरोध गर्दछु। त्यसैले भोली हुने कार्यकममा हामी नर्थकैरोलिना बाट पनि धेरै नै सहभागी हुने कुराको समेत जानकारी गराऊंछु । पुनः यो ऐतिहासिक कार्यक्रम लाई सबैले मिलेर सफल गराऊंन कालागि म हजुरहरुलाई बिशेष अनुरोध गर्दछु ।