CanadaKhabar.com

Monday, May 13, 2024 -
  • रुसमा नेपालीले मनाए संविधान दिवस

    टोरोन्टो, नेपालमा मात्र नभएर विश्वभर छरिएर रहेका नेपालीहरुले पनि नेपालको संविधान दिवस धुमधामका साथ मनाएका छन् । रुसको राजधानी मस्कोमा पनि नेपाली समुदाय माझ नेपाली दुतावासले विविध कार्यक्रम गरि संविधान दिवस मनाएको छ ।

    सो अवसरमा रुसका लागि नेपाली राजदुत ऋषिराम घिमिरेले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गरे । ऐतिहाँसिक संविधान सभाबाट निर्मित संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान नेपाली जनताको लामो संघर्ष, बलिदान र प्रतिक्षापछि प्राप्त भएको भन्दै उनले यसले जनताको जनभावना र अपेक्षा सम्बोधन गर्ने विश्वास व्यक्त गरे ।

    उनले नेपाल विकास र समृद्धिको दिशामा अघि बढिरहेको जानकारी दिँदै संविधान दिवसले आम नागरिकमा उत्साह थपेको बताए । राजदुत घिमिरेले नेपाल सरकारले सन् २०२० लाई भ्रमण वर्षका रुपमा मानाइरहेको जानकारी दिँदै कार्यक्रममा उपस्थित सवै देशका दुतावासका प्रतिनिधिहरुलाई आ–आफ्ना देशका नागरिकलाई नेपाल भ्रमणका लागि आब्हान गर्न आग्रह गरे ।

    सो अबसरमा रसियन विदेश मन्त्रालयका निर्देशक काबुलोभ जÞमीर नाभियेभिचले ऐतिहाँसिक संविधान सभाबाट संविधान निर्माण भएको ५ वर्ष पुगेको अवसरमा सवै नेपाली जनतालाई शुभकामना व्यक्त गरे । दिवसका अवसरमा रुसका लागि नेपाली राजदुत ऋषिराम घिमिरे र रसियन विदेश मन्त्रालयका निर्देशक काबुलोभ जमीर नाभियेभिचले संयुक्त रुपमा केक काटेका थिए । कार्यक्रममा मस्को स्थित सवै देशका राजदुत र सवै दुतावासका प्रतिनिधिहरुको समेत उपरिस्थती रहेको Rusnepal.com लेखेको छ ।