CanadaKhabar.com

Sunday, May 5, 2024 -
  • गैरआवासिय नागरिकताबारे टोरोन्टोमा बुद्धिजिविहरुको बहस

    पर्यटन वर्ष सफल पार्न सवै क्षेत्रलाई आग्रह

    क्यानडाखबर डेस्क

    टोरोन्टो, गैरआवासिय नेपालीहरुले पाउनु पर्ने नागरिकताका विषय अझै कार्यान्वयनमा आउन नसकिरहेको वेलामा क्यानडाको टोरोन्टोमा स्थानिय बुद्धिजिविहरुले यस सम्बन्धि बृहत्त छलफल गरेका छन् । नेपालको नयां संविधानमा समेटिएको भएपनि गैरआवासिय नागरिकताको कार्यान्वयन अझै व्यवहारमा लागु हुन नसक्दा कतै यो पनि गफैमा सिमित हुने हो कि भन्ने आशंका उनिहरुको छ । संविधानमा समेटिएको नागरिकता बिधेयकले यथासक्य चाडै पूर्णता पाउनु पर्ने भन्दै उनिहरुले बंसजको आधारमा  नागरिकता पाएका नेपालीहरुले बिदेशी नागरिकता लिएपनि  साबिकको नागरिकताले पनि निरन्तरता पाउनु  पर्नेमा जोड दिएका छन् । 

    नेपालको संविधान दिवस तथा अन्तराष्ट्रिय शान्ती दिवसको अवसरमा टोरोन्टोमा कन्सर्न नेपाल क्यानडाले आयोजना गरेको ब्राम्पटन,मिसिसागा,टोरोन्टो, स्कारवोरो लगायतका शहरका बुद्धिजिविहरुको भेलाले आगामी वर्ष नेपालमा मनाउन लागिएको पर्यटन वर्ष सफल पार्न उद्योगी, व्यवसायी, होटल लगायतका क्षेत्रलाई एकजुट भएर लाग्न पनि आग्रह गरेको छ ।  नेपालभ्रमण वर्ष २०२० को  सफलताको लागि क्यानडाबाट पर्यटन बढाउन सकिने सम्भावनाहरु र अहिले सम्म याहांका विभिन्न संघ संस्थाहरुले गरिरहेका प्रयासहरुका बारेमा छलफल भएको संस्थाका संयोजक डा. तुल्सी धरेलले जानकारि दिए । 

    गोविन्द सिवाकोटीले संचालन गरेको भेलामा संयोजक डा. धरेलसंगै डा. राजन   पोख्रेल, कानुन ब्यबसायी अमृत शर्मा, चन्द्रराई, केदार बस्नेत, एनआरएनए क्यानडाका पूर्व अध्यक्ष गोपीकृष्ण काफ्ले लगायतले नागरिकता, नेपालको नयांसंविधानको कार्यान्वयन र नेपाल पर्यटन वर्ष जस्ता विषयमा आफ्ना विचार ब्यक्त गरेका थिए ।