CanadaKhabar.com

Saturday, May 11, 2024 -
  • एनआरएनए अध्यक्षमा कुमार पन्त विजयी

    क्यानाडाखबर संवाददाता – काठमाडौं ।

    गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं विश्व सम्मेलनबाट अध्यक्षमा कुमार पन्त निर्वाचित भएका छन। प्रत्यासी कूल आचार्यलाई पराजित गर्दै पन्तले आफ्नो स्थान सुरक्षित गरेका हुन् ।

    भर्खरै एनआरएन निर्वाचन आयोजक समितिले सबै मतपरिणाम घोषणा गरेको छ ।

    पन्तले एक हजार दुई सय सत्र भने आचार्यले एक हजार सत्तरी मत ल्याएका हुन् । गोरखा फुजेलका पन्त सन् १९९९ देखि जर्मनीमा होटल ब्यवसाय गर्दै आएका छन् ।

    पन्त यसअघि एनआरएनएको दुई कार्यकाल उपाध्यक्ष थिए । पन्त संगै महासचिवमा डा. हेमराज शर्मा त्यस्तै उपाध्यक्षमा डा बद्री केसी, सोनाम लामा, अर्जुन श्रेष्ठ, र मन केसी विजयी भएका छन् ।

    सचिवमा गौरी जोशी र आरके शर्मा विजयी भएका छन । त्यसैगरी कोषाध्यक्षमा महेश श्रेष्ठ र सहकोषाध्यक्षमा लोकराज दाहाल विजयी भएका छन् ।

    दुई हजार छ सय तेइस मततादा मध्य निर्वाचनमा कूल दुई हजार तीन सय ४४ मत खसेको थियो । आईसिसी पढाधिकारी, क्षेत्रिय समिती र बिभागीय समितीहरुमा हुने ४२ पदका लागि भएकोमा निर्वाचनमा एक सय २ ले उम्मेद्बारी दिएका थिए ।

    फाईल तस्विर