CanadaKhabar.com

Friday, May 10, 2024 -
  • अर्कोपटक पाकिस्तानमा भेट्ने बाचासहित नेपालमा जारि १३ औं साग सम्पन्न

    नेपाललाई कुल ५१ स्वर्ण प्राप्त

    क्यानाडाखबर संबाददाता – काठमाडौं ।

    नेपाललाई कुल ५१ स्वर्ण प्राप्त नेपालका मुख्य तीन सहरहरुमा १० दिन देखि चलेको १३ औं दक्षिण एसियाली खेलकुद (साग)को भव्यरुपमा समापन गरिएको छ ।

    Flag bearer Gaurika Singh leads the Nepali contingent during the march-past at the closing ceremony of the 13th South Asian Games at the Dashrath Stadium on Tuesday. pic : Elite Joshi

    यस दौडानमा नेपालले कुल ५१ औँ स्वर्ण, ६० रजत र ९५ काँस्यसहित कुल २०६ पदक हात पार्न सफल भएको छ । पुरुष फुटलवल तर्फ भुटानलाई दुई एकको गोल अन्तरले पाखा लगाउंदै नेपालले सागको अन्तिम स्वर्ण जितेपछि नेपालको कुल स्वर्ण ५१ पुग्यो ।

    photo : Naresh Shrestha

    मंसिर १५ बाट शुरु भएको १३औं साग काठमाडौं पोखरा र जनकपुरमा संचालन भएको थियो । सागको समापनका अवसरमा भिडियो प्रविधिबाट सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतियोगिता ब्यवस्थित र भब्य रुपमा सम्पन्न भएकोमा खुसी ब्यक्त गर्दै सहभागी सबैलाई धन्यवाद दिनुभएको थियो ।

    Football fans watch Nepal’s match against Bhutan on a giant screen outside Dashrath Stadium on Tuesday.  Sujan Dangol

    अब १४ औं दक्षिण एसियाली खेलकुद पाकिस्तानमा हुने भएको छ । समापन कार्यक्रममा आकर्षक झाँकी, मार्चपास, सांस्कृतिक कार्यक्रम समेत गरिएको थियो ।