CanadaKhabar.com

Saturday, May 11, 2024 -
  • न्यु इमिग्रेन्टलाई हेल्प गर्न खोज्दै एनआरएनए ‘हेल्प डेस्क’

    क्यानाडाखबर डेस्क ।

    एनआरएनए क्यानडा, सेन्टरल रिजन हेल्प डेस्कको आयोजनामा कार्यक्रम हुँदैछ।ब्राम्टोन स्थित एभरेष्ट तेक्वान्दोमा हुन लागेको यो कार्यक्रममा पोरफेसन्ल करिएर कन्सल्टेन्ट श्वेता रेग्मी र हम्बर कलेजका प्रोग्राम कोअर्डीनेटर डाक्टर प्रितम श्रेष्ठले आफ्नो ज्ञान र अनुभव साट्नेछन् ।

    हेल्प डेस्कको यो दोस्रो कार्यक्रम हो । यो कार्यक्रमले न्यु इमिग्रेन्टलाई बिशेष सहयोग हुने आयोजकले बताएका छन् । एनआरएनएको सम्मेलन ताका प्राय जसो उम्मेद्वारहरुले आफ्नो एजेन्डामा हेल्प डेस्क खडा गरी नेपाली समुदायलाई सहयोग पुर्‍याउने प्रतिबद्द्ता गरेका थिए। ‘यो एउटा सुरुवाती हो अब यस्ता प्रकृतिका कार्यक्रमहरु निरन्तर गर्दै जानेछौ’ एनआरएनका उपाध्यक्ष, हेल्प डेस्कका इन्चार्ज बिजय पौडेल भने ।


    सेन्टरल रिजन,हेल्प डेक्सका संयोजक राम क्षेत्रीले कार्यक्रममा ‘रेजुमी’ कसरी बनाउने, आफ्नो प्रोफेसनको जब खोजी कसरी गर्ने जस्ता बिषयहरुमा विज्ञहरुबाट जानकारी दिईने भएकाले सम्बन्धित सबैलाई उपस्थितीका लागि अनुरोध गरेका छ्न् ।