CanadaKhabar.com

Monday, May 20, 2024 -
  • एनआरएनएको विज्ञ सम्मेलन जुनको तेस्रो साता क्यानडामा हुने (भिडियो सहित )

    क्यानडाखबर डेस्क ।
    टोरोन्टो, गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को क्षेत्रीय भेला र क्षेत्रीय विज्ञ सम्मेलन क्यानडाको ओन्टारियोमा हुने भएको छ । एनआरएनए क्यानडाले पत्रकार सम्मेलन गरि विश्वकै आकर्षित पर्यटकीय गन्तब्य नायग्रा फल्समा कार्यक्रम आयोजना गरिने जानकारि दिएको हो।

    एनआरएनए क्यानडाको १३ वर्षे इतिहासमै पहिलो पटक यस्तो सम्मेलनको आयोजना गर्ने अवसर पाएकोले यसलाई सफल बनाउन सबै नेपाली समुदायलाई सहयोग र सहभागीताका लागि आव्हान पनि गरेको छ । पत्रकार सम्मेलनपछि एनआरएनए क्यानडाका महासचिव पिताम्बर भट्टराईले एक विज्ञप्ति निकालेर सम्मेलनको तयारीका विषयमा जानकारि दिएका हुन् ।

    एनआरएनए अमेरिकाज क्षेत्रका संयोजक क्षेत्रीय सम्मेलन मूल आयोजक समितिको संयोजक रहने छन् भने सम्मेलनको आयोजक राष्ट्र एनआरएनए क्यानडा र एनआरएनए अमेरिका रहने छन् । संघका अमेरिकाज क्षेत्रका क्षेत्रीय संयोजक राजन त्रिपाठी अध्यक्षतामा बसेको एनआरएनए क्यानडाका अध्यक्ष चिरन्जिवी घिमिरे सम्मिलित बैठकले क्षेत्रीय भेला तथा क्षेत्रीय विज्ञ सम्मेलन क्यानाडामा गर्ने निणर्य गरेको थियो ।

    बैठकमा एनआरएन क्यानाडा कार्यसमिती सदस्य, समितिका सल्लाहकार,आईसीसी सदस्यह लगायतको उपस्थिती थियो । एनआरएनए क्यानडाले हालै गठन गरेका विभिन्न क्षेत्रका हेल्प डेस्कले गरेका काम र योजना पत्रकार सम्मेलनमा जानकारि गराइएको थियो ।

    यस्तो छ जारी गरिएको विज्ञप्ती