नेपाली जनसम्पर्क समिति क्यानडा द्धारा आयोजित निशुल्क कर फाइल क्याम्प सम्पन्न भएको छ ।
मार्च १५ आइतबर आयोजना गरिएको सो कार्यक्रम बिहान ९ बजे देखि साँझ ७ बजेसम्म चलेको थियो। क्यानडामा जागीर वा व्यवशाय बाट गरीने आम्दानीको आयकर वर्सेनी अनिवार्य रुपमा सरकार लाई कर बुझाउने गरीन्छ । बिशेषत ग्रेटर टोरोन्टो (GTA) वरपर बस्ने नेपालीहरु लाई लक्षित गरि सो कार्यक्रमको आयोजना गरीएको समितिका कार्यबाहक सभापति चन्दा अधिकारी बताए ।

क्यानडामा बस्ने नेपालीहरु कर तिर्नका लागी कुनै झन्झट नहोस भन्ने अभिप्रायले कर संग सम्बन्धित दक्ष चार्टड एकाउन्टेन्टहरुको सहकार्यमा यस किसिमको कर क्याम्पको आयोजना गरिएको सो कार्यक्रमका संयोजक तथा जन सम्पर्क समिति क्यानडाका कोषाध्यक्ष विशाल घिमिरेले जानकारी दिए । सो कार्यक्रममा नेपाली समुदायका कर व्यवासायी तथा विज्ञहरुले स्वमसेवकका रुपमा सर्भिस दिएका थिए । यसरी कर फाइल सेवा प्रदान कर व्यवशायी तथा कर विज्ञ बिशाल घिमिरे, मितुल शाह, मदन पोखरेल तथा लक्ष्मण पाण्डे ले गरेका थिए ।
सो कर क्याम्प बाट नेपाली तथा भिभिन्न मुलका क्यानेडियन नागरिक हरु गरी करिब ३०-३५ परिवार ले प्रत्यक्ष सहभागी भई सेवा लिनुभएको समिति सदस्य तथा कार्यक्रम स्वयमसेवक राजेन्द्र पोख्रेलले जानकारी दिनुभयो । सो कार्यक्रम अबधिभर कोरोना भाइरस बाट पर्न सक्ने सम्भावित खतरालाई मध्य-नजर गर्दै मास्क तथा सेनिटाइजर लगायत स्वास्थ्य सामाग्री हरुको पनि प्रबन्ध गरिएको थियो।

सो कार्यक्रमको समापन समारोहमा स्वयमसेवक हरुलाई नेपाली जनसम्पर्क समिति क्यानडा का महामन्त्रि बसन्त कार्कीले मायाको चिनो प्रदान गर्नुभएको थियो, आफ्नो काम बिशेषले अमेरिकामा रहनु भएका समितिका सभापति बुद्धि प्रकाश ओलीले टेलिफोन मार्फत कार्यक्रम सफलताको शुभकामना व्यक्त गरेका थिए ।
स्मरण रहोस बिगतका दिनमा पनि नेपाली जनसम्पर्क् समिती क्यानाडाले बिबिध सामाजिक कार्य गरिआएको तर कर सम्बन्धी कार्य आयोजना गरेको भने यो पहिलो पटक हो। न्युज स्रोत : नेपाली जनसम्पर्क समिति क्यानडा (NPCC-Canada)