CanadaKhabar.com

Thursday, June 11, 2026 -

कोरोना भाइरसको संक्रमणबाट न्युयोर्कमा एक नेपालीको मृत्यु

अमेरिको न्युयोर्कमा कोरोना भाइरसको संक्रमणबाट एक नेपालीको मृत्यु भएको छ। बिगत तीन दिन देखी स्वास्थ्य अवस्था गम्भिर भएपछी उनलाई भेन्टिलेशनमा राखिएका ५० वर्षीय नेपाली अनिल लिम्बूको मृत्यु भएको हो । विगत १५ वर्षदेखि अमेरिकामा बस्दै आएका लिम्बूको मंगलबार निधन भएको जनाइएको छ ।


न्युयोर्कको एलमष्ट अस्पतालको सघनकक्षमा उपाचार गराइ रहेका युवा अनिल लिम्बुको दुखद निधनले सबै नेपालीलाई दुखित तुल्याएको छ ।

कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएका अनिल लिम्बु


नेपाल पाचथार जिल्लामा जन्म भै हाल न्युयोर्कमा उबर (प्राईभेट ट्याक्सी ) चलाउदै आएका थिए ।
लिम्बु आफ्ना दुईछोरा,एक छोरी र पत्नीका साथ न्युयोर्कमा बसोबास गदै आइरहेका थिए ।

मृतक अनिल लिम्बुका परिवारमा नै कोरोनाको संक्रमण देखिएको छ । उनीहरु सबैजना सेल्फ क्वारेन्टाइनमा बसिरहेका छन् ।