अमेरिको न्युयोर्कमा कोरोना भाइरसको संक्रमणबाट एक नेपालीको मृत्यु भएको छ। बिगत तीन दिन देखी स्वास्थ्य अवस्था गम्भिर भएपछी उनलाई भेन्टिलेशनमा राखिएका ५० वर्षीय नेपाली अनिल लिम्बूको मृत्यु भएको हो । विगत १५ वर्षदेखि अमेरिकामा बस्दै आएका लिम्बूको मंगलबार निधन भएको जनाइएको छ ।
न्युयोर्कको एलमष्ट अस्पतालको सघनकक्षमा उपाचार गराइ रहेका युवा अनिल लिम्बुको दुखद निधनले सबै नेपालीलाई दुखित तुल्याएको छ ।

नेपाल पाचथार जिल्लामा जन्म भै हाल न्युयोर्कमा उबर (प्राईभेट ट्याक्सी ) चलाउदै आएका थिए ।
लिम्बु आफ्ना दुईछोरा,एक छोरी र पत्नीका साथ न्युयोर्कमा बसोबास गदै आइरहेका थिए ।
मृतक अनिल लिम्बुका परिवारमा नै कोरोनाको संक्रमण देखिएको छ । उनीहरु सबैजना सेल्फ क्वारेन्टाइनमा बसिरहेका छन् ।
