CanadaKhabar.com

Friday, May 10, 2024 -
  • एनआरएनए क्यानडाबाट आपत्तकालिन राहत्त संकलन जारी

    क्यानडाखबर डेस्क

    टोरोन्टो, महामारीको रुपमा फैलदै गएको कोरोना भाइरसका कारण अहिले विश्व नै अस्तव्यस्त र सुनसान छ । भाइरसका कारण अहिले विश्वभर कम्तिमा ३० हजारको ज्यान गइसकेको छ भने लाखौं व्यक्ति यसबाट प्रभावित भएका छन् । यस क्रममा हरेक देश र देशभित्रका हरेक समुदायले आ आफ्ना नागरिकलाई घरमै बसेर ज्यानको सुरक्षा गर्न हरेक उपायवाट प्रयास गरिरहेका छन् ।

    क्यानडामा पनि आफ्ना समुदायको रक्षार्थ एनआरएनए क्यानडाले पनि आपत्तकालिन राहत संकलनको कार्यलाई अहिले तीब्ररुपमा अगाडी बढाएको छ भने नेपाली डाक्टर, नर्स लगायत स्वास्थ्य क्षेत्रमा कार्यरत सवै आफ्नो समुदायको विपत्तीका लागि तयार अवस्थामा रहेका छन् । साथै एनआरएनए क्यानडाले आपत्त विपत्तको समयमा कुनै पनि प्रतिनिधिहरुलाई सम्पर्क गर्न पनि अपिल गरेको छ भने अन्तराष्ट्रिय विद्यार्थी र अभिभावकका लागि पनि आपत्तको समयमा गरिने सहयोग तयारी भइरहेको जनाएको छ ।

    महासचिव पिताम्बर भट्टराईले क्यानडामा रहेका विद्यार्थी, क्यानडाको स्टाटस बनि नसकेका नेपालीहरुलाई पनि विपत्तको वेला सहयोग चाहिएमा आफूहरुलाई सम्पर्क गर्न आग्रह गरेका छन् । यस्तै एनआरएनए क्यानडाले हातमा लगाउने ग्लोव र मुख छोप्ने मास्क उपलब्ध भइसकेकाले यसको आवश्यक्ता परेमा सम्पर्क गर्न पनि नेपाली समुदायलाई अनुरोध गरेको छ ।

    डक्टर पूर्ण कडेल,एनआरएनए क्यानाडा उपाध्यक्ष बिजय पौडेल र युवा संयोजक इश्वर खत्री को बिशेष पहलमा संकलित सेनिटार्जर र सेफ्टी ग्लोब्स जिटिएभर तत्काल बितरण गरीने बताईएको छ ।
    नेपाली समुदायका प्रतीनिधीहरुले बिजय पौडेल – 467 707 7616 इश्वर खत्री-647 649 1752 पूर्ण कडेल – 647 807 1988 लाई संपर्क गरी अत्यावश्क पर्ने लिन सकिने एनआरएनए क्यानाडाले बताएको छ ।


    एता यो खवर तयार पार्दा सम्म क्यानडाको सरकारी वेभसाइडले दिएको पछिल्लो जानकारि अनुसार कोरोना भाइरसका कारण क्यानडा भारिमा कम्तिमा ६० जनाको ज्यान गइसकेको छ भने ५५ सय भन्दा बढी संक्रमित देखिएका छन् ।