CanadaKhabar.com

Wednesday, January 22, 2025 -
  • COVID 19 ! सबैले पढ्नै पर्ने र अरुलाई शेयर गर्नै पर्ने WHO ले मानवजातीलाई गरेको अपिल !


    हामीलाई थाहा नै छ संसरका धेरै मानिसहरुको जिवन नाटकीय ढंगले परिवर्तन भइरहेको छ ।
    मेरो परिवार पनि यसबाट अछुतो छैन । मेरी छारी घरमै बसेर कक्षाहरु लिइरहेकी छन् अनलाईन मार्पत । किनभने स्कुल बन्छ छ कोभिडका कारण ।
    बाकी संसारका मानवजातिको अवस्था झन झन भयानक हुन सक्छ । यो कोभिड १९ बाट संक्रमित शहर र देशहरुले दिएको अनुभवले केहि आशा र साहस दिएको छ बाकी संसारलाई ।
    यस्तो कष्टपूर्ण समयमा मानसिक र शारीरिक स्वास्थ्यको ख्याल गर्नु अति जरुरी छ । यसले दिर्घकालिन रुपमा अति सहयोग गर्दछ ।


    १, स्वास्यकर र पोषणयुक्त खाना खानुहोस् ताकी तपाईमा इमुनाइज शक्ति बढोस् शरीर राम्ररी चलिरहोस् ।
    २, मादक पदार्थ सिमित मात्र पिउनुहोस् र चिनिजन्य पिय पदार्थ नपिउनुहोस् ।
    ३, धुम्रपान नगर्नुहोस् ! धुम्रपानले स्वास्थ्यमा अति जोखिममा पुर्याउछ यदि कोभिड १९ संक्रमित हुनुहुन्छ भने ।
    ४, शारिरीक व्यायम : WHO के अनुरोध गर्दछ भने प्रत्येक दिन वयस्कले ३० मिनट र बच्चाहरुले ६० मिनेट नियमितरुपमा शारिरीक व्यायम जरुरी छ । यदि स्थानिय र राष्ट्रिय गाइडलाईले अनुमतिले दिन्छ भने घरबाहिर हिडडुल र डौडन सकिन्छ । र, एक अर्काको सुरक्षित दुरी कायम राख्नुहोस् । यदि घर बाहिर निस्कन सक्ने अवस्था छैन भने अनलाईन भिडियो मार्पत व्यायम गर्नुहोस्, संगीतमा नाच गर्नुहोस्, योगा गर्नुहोस् वा भर्याङमा तलमाथि गर्नुहोस् । यदि घरबाटै काम गरिरहनुभएको छ भने, निश्चय नै एउटै पोजिसनमा धेरै वेर नबस्नुहोस् र प्रत्येक ३० मिनटम ३ मिटन उठेर विश्राम लिनुहोस् ।
    ५, तपाईको मानसिक स्वास्थ्यको ख्याल गर्नुहोस्, यस्तो अवस्थामा तनाव हुनु, कन्फुयज हुनु र त्रसित हुनु संकटका वेला स्वभाविक नै हो । मानिससंगको कुराकानीमार्पत जानकारी पाउन र विस्वास जित्न सहयोग पुग्छ । सम्भव भए परिवार र छिमेकिलाई सकेको सहयोग गर्नुहोस् । साथी र छिमेकीको सम्पर्कमै बस्नुहोस् । संगीत सुन्नुहोस्, गेम खेल्नुहोस, किताव पढ्नुहोस् र धेरै समाचार पढ्ने प्रयास नगर्नुहोस् यदि यसले तपाईलाई झन अत्याउछ भने । विश्वसनिय माध्यमबाट दिनमा एक वा दुई पटक मात्र सुचना लिनुहोस् ।
    कोभिड १९ ले हामीबाट धेरै कुरा लगिरहेको छ । तर यसले केहि विषेश अवसर पनि दिदैछ हामीलाई । हामी सबैलाई मानविय हिसावले एकै ठाउमा उभिएर सगै काम गर्ने र सगै सिक्ने र सगै अगाडि बढ्ने अवसर दिएको छ ।
    (WHO संगठनका महानिर्देशक टेडरोज अदानोले विश्व मानवजातिालाई गरेको विषेश अपिल नेपालीमा अनुवाद्)