क्यानाडाखबर डेस्क – काठमाडौं ।
नेपालमा एकैदिन १४ जना कोरोना भाइरस (कोभिड-१९) का संक्रमित थपिएका छन् । उदयपुरका १२ जना र चितवनका दुई गरी १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ । थपिएका १२ जना उदयपुरमा छन् । ती मध्य केही भारतीय रहेको समेत बताईएको छ ।
संक्रमितहरु उदयपुर नगरपालिका-३ स्थित भुल्केमा रहेको मस्जिदमा भेटिएका थिए । मस्जिदमा निकै भिडभाड र नयाँ मनिसहरु देखिएपछी स्थानियले प्रहरीलाई जानकारी गरएका थिए । त्यस पश्चात उनिहरुको परिक्षण प्रकृया सुरु गरिएको थियो ।
यस्तै शुक्रबार थपिएका दुई जना संक्रमित चितवनका निवासी हुन् । ६३ वर्षीया महिला र उनका २७ वर्षीय छोरा चैत ३ गते बेलायतबाट कतार एयरवेज हुँदै नेपाल आएका थिए ।