CanadaKhabar.com

Tuesday, May 14, 2024 -
  • ‘ब्राम्टोन रेसिडेन्स एशोसियसन’ मा नेपाली प्रतिनिधि काफ्ले

    क्यानडाखबर डेस्क , टोरोन्टो – क्यानडा

    ब्राम्टोन रेसिडेन्स एशोसियशन (BRAC) को बोर्ड अफ डिरेक्टरमा नेपाली समुदायका मित्र काफ्ले नियुक्त भएका छन् । ब्राम्टोन क्यानडा मै सबैभन्दा बढी एसियन आप्रवासी बसोबास गर्ने सिटि मध्यको एक हो ।

    झन्डै ६ लाख जनसङ्ख्या भएको ब्राम्टोन सिटिमा बसोबास गर्ने स्थानिय निवासीहरुको संस्था BRAC मा विभिन्न कम्युनिटीका मेम्बरहरुले प्रतिनिधित्व गर्ने गर्छन् ।

    ‘विभिन्न ब्यवसाय संगै नेपाली समुदायको सकृय सदस्य मित्र काफ्लेलाई यस संस्थाको बोर्ड अफ डिरेक्टरमा नियुक्त गरिन्छ’ बिआरएसीका अध्यक्ष कुरिएन प्रक्कनमले संस्थाको वेभसाइटमा भनेका छन् ।