CanadaKhabar.com

Tuesday, May 14, 2024 -
  • रत्न शमशेर थापाको ‘घुम्टो’ मा बसन्त र सुनिताको युगल स्वर

    कन्चन म्युजिक इन्टरटेनमेन्टले जून २६ २०२० का दिन “घुम्टो ” बोलको कर्णप्रिय गीत अमेरिकाको नर्थ क्यारोलाइनाबाट आफ्नो यु ट्युब च्यानलमार्फत सार्वजनिक गरेको छ । वरिष्ठ गीतकार रत्न शमशेर थापाको रचना र बसन्त खड्काको संगीत रहेको उक्त गीतमा बसन्त खड्का र सुनिता दुलालको युगल स्वर रहेको छ । यो गीतको संगीत संयोजन दीप तुलाधरले गरेका छन् । गीतको रेकर्डिङ् तथा सम्पादनको काम काठमाडौँको कमलपोखरीस्थित भ्वाइस रेकर्डिङ् स्टुडियोमा गरिएको हो । गीतको ध्वनी सम्पादन (अडियो एञ्जिनियारिङ्ग) पनि संगीत संयोजक दीप तुलाधरले नै गरेका छन् ।

    गायनमा तीन दशक लामो अनुभव बनाइसकेका गायक बसन्त खड्काले यस अघि पनि रत्न शमशेर थापाका रचनामा केही गीत गजलहरूमा स्वर दिईसकेकाछन । “छाल झैँ कपाल” “नजिकको भेट भन्दा”, “चन्द्रले के दियो”, “एक्कासी चट्यांग खसी” लगायतका गीत गजलहरू रत्न शमशेर थापा र बसन्त खड्काका सहकार्यका पुराना चर्चित गीत गजल हुन् । निकै लामो अन्तरल पछि पुन बसन्त र रत्न शमशेर थापाको सहकार्यमा यो घुम्टो स्रोता माझ आएको छ। हाल अमेरिकाको नर्थ क्यारोलाइना निवासी गायक बसन्त खड्काका अनुसार यो गीतको रचना रत्न शमशेर थापाले बि. स. २०१८ तिर गर्नुभएको र यसको संगीत पनि आफुले करिव २२ बर्ष अघि नै गरेको तर यसलाई पुरा गर्ने अवसर बल्ल अहिले मिलेको र अब यो गीत आफ्नो कन्चन एल्बममा समेटिने छ । लोक गायनमा आफ्नो वजनदार परिचय बनाइसकेकी गयिका सुनिता दुलालले घुम्टो को युगल गायनमा आफूलाई साथ दिएर सुगम संगीतमा प्रवेस गरेकोमा वसन्त खड्का खुसी प्रकट गर्दै आफूहरूको प्रस्तुतिलाई स्रोताहरुले मन पराइदिनेमा आफु विस्वस्त रहेको बताउञ्छन।

    यस अघि नेपालका सुप्रसिद्ध गजलकारहरूको गजल समेटेर बसन्त खड्काले “मृगतृष्णा” नामक एल्वम स्रोतासामु ल्याएका छन् भने “गोधुली, “लालिमा” “छहरा”, “बेस्ट अफ बसन्त खड्का १ र २ लगायतका गीती एल्बम पनि बसन्तका अन्य सांगीतिक सिर्जना हुन् । कन्चन एल्बमका लागि भने उनी हाल देश विदेशमा रहेका विभिन्न चर्चित श्रष्टाहरूसंग सहकार्यमा गीत गजल रेकर्ड गरिरहेका छन् । कन्चन एल्बमका लागि यस अघि उनले अम्बर गुरुङको रचना र संगीतमा “राजमार्ग” र डा. ऋषि बस्ताकोटीको रचना र आफ्नै संगीतमा “संगै संगै” सार्वजनिक गरिसकेका छन् ।

    कोरोनाको महामारीले विश्व नै बन्दाबन्दीमा रहेको बखत सार्वजनिक गरिएको प्रेमिल भावको यो युगल गीतले अफ्ठ्यारो समयमा स्रोताहरूलाइ पीडा भुल्न मदत गर्नेमा गायक बसन्त खड्का आशावादी छन् । कन्चन म्युजिक इन्टरटेनमेन्टको युट्युव च्यानल मार्फत गीत सार्वजनिक गर्दै गायक खड्काले स्वास्थ्य उपचार पछि घरमै आराम गरिरहनुभएका वरिष्ठ गीतकार रत्न शमशेर थापाको सुस्वास्थ्य र दीर्ध जीवनको कामना समेत गरेका छन् ।

    बसन्त खड्का र सुनिता दुलालको स्वरमा रहेको प्रेमिल युगल गीत “घुम्टो” सुन्नको लागि लिंक: