CanadaKhabar.com

Wednesday, January 22, 2025 -
  • क्यानडाबाट टण्डनले गरे सुदूरपश्चिमका टेलीभिजन पत्रकारलाई पिपिई सहयोग

    काठमाडौं । उत्तर अमेरिकी देश क्यानडामा नेपाल चिनाउने ट्रक ड्राइभरका रुपमा परिचित नर नर बहादुर टंण्डनले सुदूरपश्चिमका टेलीभिजन पत्रकारहरुलाई पीपीई सामाग्री प्रदान गरेका छन्। क्यानडाकालागि नेपाली पर्यटन दूत समेत रहेका टण्डनले कोरोनाको उच्च जोखिममा रहेको सुदुर पश्चिम प्रदेशमा रहि टेलिभिजनमा कार्यरत पत्रकारहरुलाई ५० थान पीपीई उपलब्ध गराएका हुन । न्युज २४ टेलिभिजनका सुदुरपश्चिम ब्युरो प्रमुख हिक्मत रावलको समन्वयमा धनगढी उपमहानगरपालीकाका नगर प्रमुख नृप बहादुर वड मार्फत पीपीई सामाग्री वितरण गरिएको हो ।
    नेपालको दाङ पुर्खेउली घर भएका क्यानडीयन नागरिक नरबहादुर टण्डनले सुदूरपश्चिममका पत्रकारहर बढी जोखिममा रहेको थाहा पाए पछि व्यक्तिगत सुरक्षा सामाग्री प्रदान गरेको बताए ।
    न्यू २४ का सुदूरपश्चिम प्रदेश ब्युरो कार्यालयका प्रमुख हिक्मत रावलसंग समन्वय गरेर त्यस क्षेत्रका पत्रकारहरुको लागि स्वास्थ्य सामाग्री उपलब्ध गराएको उनले बताए ।


    टनडनले सुदूरपश्चिम क्षेत्रमा कार्यरत टेलिभिजन पत्रकारको लागी पिपिई गाउन १ थान, केएन ९५ माक्स १ हेडक्याप १ थान र पन्जा १ जोडा रहेको एक सेट पिपिई न्यू २४ को सुदूरपश्चिम ब्युरो कार्यालय मार्फत उपलब्ध गराएका हुन् ।
    उक्त सामाग्री आज (शुक्रबार) धनगढी उप–महानगरपालिका मेयर नृप बहादुर वड, नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष अर्जुन शाह र न्यूज २४ का सुदूरपश्चिम प्रदेशका ब्युरो प्रमुख हिक्मत रावलले संयुक्त रुपमा धनगढीमा रहेका पत्रकारहरुलाई वितरण गर्नु भएको थियो ।

    बाँकी अन्य जिल्लामा कार्यरत पत्रकारहरुलाई भोली वितरण गरिने न्यूज २४ का सुदूरपश्चिम प्रदेशका ब्युरो प्रमुख रावलले बताउनुभयो । पिपिइ वितरण गर्दै धनगढी उपमहानगरपालीकाका नगर प्रमुख वडले क्यानाडामा रहेर सुदुरपश्चिमलाई सम्झीदै सहयोग गर्ने नर बहादुर टण्डनप्रति आभार प्रकट गर्नु भयो
    गैरआवासिय नेपाली नागरिक टनडन विगत १८ वर्षदेखि क्यानडामा ट्रक चलाकको काम गर्दै आएका छन् ।

    नेपाल र नेपालीलाई असाध्यै माया गर्ने ब्याक्ति हुने र उनी बेला बेलामा नेपालीहरुलाई अप्ठारोको बेला सहयोग गरि रहन्छन् । नेपाल सरकारका क्यानडाका लागी पूर्व पर्यटन दुत समेत रहेका टनडनले गतबर्ष हावाहुरी पिडीतलाई सहयोग गर्नु भएको थियो भने केही समय पहिलो पर्यटन वर्ष २०२० लाई सहयोग पु¥याउन भन्दै क्यानडामा रहेको सार्वजनक सावारी साधनहरुमा नेपालका विभिन्न पर्यटकीय स्थलहरुको फोटोहरु टासेर प्रचार प्रसार समेत गर्नु भएको थियो ।