CanadaKhabar.com

Wednesday, January 22, 2025 -
  • अमेरिकाले पत्ता लगायो कोरोनाको औषधी । ११ दिनमा कोरोना संक्रमण निको हुने दावी

    क्यानडाखबर डेस्क । टोरोन्टो, क्यानडा ।

    अमेरिकाका वैज्ञानिक र डक्टरहरुको लामो अध्ययन पछी कोरोना भाइरसबिरुद्धको उपचारका लागि ‘रेम्डिसिभियर’ नामको औषधी प्रयोगमा ल्याईने भएको छ ।

    अमेरिकास्थित खाद्य तथा औषधी प्रशासन एफडीएले कोरोना भाइरसबिरुद्धको उपचारकालागि रेम्डिसिभियर नामको औषधी प्रयोगका लागि अनुमति दिएको हो । एफडिएले दिएको यो अनुमती संगै कोभिड १९ बाट प्रभावित बिरामीहरुलाई उपचारमा निकै सहज हुने चिकित्सकहरु बताएका छन् ।

    मेडिकल अध्ययनको प्रारम्भिक परिणामले यो औषधीको प्रयोगबाट कोरोना भाइरस संक्रमणका बिरामीहरु निको भएको देखाएपछि उक्त एन्टीभाइरल औषधीको प्रयोगका लागि अनुमति दिइएको हो । रेम्डिसिभियर नामको औषधीको प्रयोगबाट कोरोना संक्रमित बिरामीहरु ११ दिनमा नै निको भएको र त्यसै कारण यो औषधी आम नागरिकको लागि प्रयोगमा ल्याउन तयारी गरिएको नेशनल एन्स्टीच्युट अफ एलर्जी एण्ड इन्फेक्सियस डिजिजको अध्ययनले बताउछ ।

    One vial of the drug Remdesivir lies during a press conference about the start of a study with the Ebola drug Remdesivir in particularly severely ill patients at the University Hospital Eppendorf (UKE) in Hamburg, northern Germany on April 8, 2020, amidst the new coronavirus COVID-19 pandemic. (Photo by Ulrich Perrey / POOL / AFP) (Photo by ULRICH PERREY/POOL/AFP via Getty Images)


    अमेरिका स्थित ‘नेशनल एन्स्टीच्युट अफ हेल्थको क्लीनिकल’ को परीक्षणबाट उत्साहजनक परिणाम आएको निष्कर्ष निकालिएको दुई दिन लगत्तै एफडीएले औषधीको प्रयोगका लागि अनुमति दिएको हो ।
    तत्काललाई यो औषधीको प्रयोग अस्पतालमा भर्ना भएका कोरोना सङ्क्रमित बिरामीलाई मात्र दीइनेछ ।