CanadaKhabar.com

Monday, December 15, 2025 -

गायिका  रेखा शाहको ‘मौन’

https://www.youtube.com/watch?v=k4Npo2A_Wxg

क्यानडाखबर डेस्क ।

चर्चित गायिका रेखा शाहको  गीत ‘मौन’ सार्वजनिक भएको छ। उनले वैशाख पहिलो साता मात्र फरक शैलीको गीत ‘जिन्दगीको अर्थ खोज्न
कहाँ जाऊँ साथी’ सार्वजनिक गरेकी थिईन । गायिका शाहको स्वर रहेको ‘मौन’ गीतलाई हरि लम्सालले कम्पोज गरेका छन् भने  गीतको एरेन्ज फणिन्द्र राईले गरेका छन् ।
गीतमा शब्द भुपेन्द्र खड्काको रहेकोछ भने  म्युजिक भिडियोमा गायिका शाह आफैंले अभिनय गरेकी छिन् ।
म्युजिक भिडियोका निर्देशक नितिन चन्दले गरेका हुन् ।  क्यामरा तथा सम्पादन रूपेस थापा र मेकअप शुफी सुनुवारले गरेकी हुन् ।
सिमसीमे पानीमा गीतबाट चर्चामा आएकी शाहको पछील्लो समय यता थुप्रै गीतहरु बजारमा आएका छन् ।