CanadaKhabar.com

Sunday, May 12, 2024 -
  • फ्रन्टलाइनमा खटेकाहरुको तलब वृद्धि हुने

    क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले तीन बिलियन डलर फन्डको घोषणा गरेका छन् । यो फन्डको प्रयोग फ्रन्टलाइन वर्कर्सको तलबमा बृद्दीका लागि खर्च गरिने बताइएको छ ।

    बिहिबार आफ्नो दैनिक पत्रकार सम्मेलनमा ट्रूडोले भने, ‘यो देश चलिरहोस् भनेर यदि तपाईंले आफ्नो ज्यान जोखिममा पारिरहनुभएको छ भने तपाईंको तलबमा वृद्धि हुनु तपाईंको अधिकार हो ।’

    यो रकमलाई सबै प्रान्तमा बाँडिनेछ र त्यसपछि वितरण निश्चित गरिनेछ ।

    ट्रुडोका अनुुसार अत्यावश्यक कर्मचारी धेरैजसो न्यूनतम तलबमा काम गरिरहेका हुन्छन्, उनीहरु निश्चित रुपमा तलब वृद्धिका हकदार हुन् ।

    केही प्रान्तमा यो प्रक्रिया सुरु पनि भइसकेको उनले बताए ।