क्यानडाखबर डेस्क ।
नेपाली युवा दिवेश पोखरेल (अर्थर गन) अमेरिकाको गायन रियालिटी शो ‘अमेरिकन आइडल’को उपबिजेता बनेका छन् । आजको समापान शोमा टप फाइभमा पुगेका उनी भोटिङमार्फत टप टुमा पुगेका थिए । उनका जर्ज र समर्थकहरुले दिवेशलाई उपाधिको दावेदारका रुपमा अपेक्षा गरेका थिए तर आईडलको उपाधी भने लाइबेरियन मुलकी गायिका जस्ट सामले जितिन् ।

दिवेशलाई विजय गराउन अमेरिका र क्यानाडामा रहेका नेपालीहरुको ब्यापक सकृयता रहेको थियो । यसै विच एनआरएनए क्यानडाले अफिसियल रुपमै दिवेशलाई जिताउन अभियान नै चलाएको थियो ।
सन् २०१४ मा अमेरिका आएका दिवेश कन्सासको विचिटामा बस्दै आएका छन् ।
