CanadaKhabar.com

Saturday, May 11, 2024 -
  • प्रवासमा अलपत्र नेपाली युवालाई स्वदेश फर्काउन एनआरएनएले पहल गर्ने

    क्यानडाखबर डेस्क, टोरोन्टो – क्यानडा ।

    गैर आवासिय नेपाली संघ (एनआरएनए) ‘यूवा फोरम’को औपचारिक पहिलो बैठक शनिबार सम्पन्न भएको छ । कोभिड १९ ले निम्त्याएको विषम परिस्थितीलाई मध्य नजर राख्दै विश्वभर रहेका एनआरएनए युवा प्रतिनिधिहरुलाई अनलाईनको माध्यमबाट बैठकमा एक साथ जोडीएको थियो । आईसीसीका युवा फोरम संयोजक हिमाल गुरुङको सयोजकत्वमा भएको बैठकको मुख्य एजेन्डा विश्वभर कोरोना भाईरसको प्रभाबबाट अलपत्र परेका नेपालीहरुलाई उद्दार कसरी गर्न सकिन्न भन्ने थियो ।

    पढ्नका लागि , रोजगारका लागि र विभिन्न प्रयोजनले बिदेशमा आएका र यो महामारीले अलपत्र परी विदेशबाट नेपाल फर्किन चाहेका युवाहरुलाई नेपाल सरकार संग सहकार्य गरेर स्वदेश फर्काउन पहल गर्ने कुरामा बैठक केन्द्रित रहेको एनआरएनए क्यानडाका युवा संयोजक इश्वर खत्रीले जानकारी दिए ।

    बैठकमा एनआरएनएका महिला उपाध्यक्ष रविना थापा र महासचिव हेमराज शर्माको समेत उपस्थिती रहेको थियो । उनिहरुले प्रवासमा अलपत्र परेका नेपालीहरुलाई सक्दो छिटो स्वदेश फर्काउन र अफ्ट्यारोमा परेकाहरुलाई आवश्यक सहयोग पुर्याउन सबैलाईलाई आग्रह गरेका थिए ।

    बैठकमा अमेरिकाजका युवा संयोजक बिमला सापकोटा, एसिया प्रशान्तका युवा संयोजक दिपक कडेल,मध्य पुर्वका युवा संयोजक राज रेग्मी, क्यानडाका युवा संयोजक इश्वर खत्री , साउदी अरबका युवा संयोजक राजकुमार श्रेष्ठ, बेल्जियमका युवा संयोजक कासी दनाई, साइप्रसका युवा संयोजक कुन्दन कार्की, अमेरिकाका युवा संयोजक बिनोद रुवाली, स्विजरल्याण्डका युवा संयोजक श्रवन कुमार केसी, पोल्याण्डका युवा संयोजक भिम परियार, युएईका संयोजक मदन अधिकारी लगायतको सहभागीता रहेको थियो ।