CanadaKhabar.com

Sunday, May 12, 2024 -
  • समाजमा भ्रम नफैलाउन एनआरएनए क्यानडाको आग्रह

    क्यानडाखबर डेस्क ।

    विश्वभर कोभिद १९ को महामारी चलिरहदा संसारभर फैलिएका गैर आवासिय नेपालीहरु आफ्नो समुदाय र देशका लागि आवश्यक सहयोग गर्न तल्लिन छन् यो अभियानमा गैर आवासिय नेपाली संघ – क्यानडा, पनि अछुतो छैन । संघले क्यानडामा महामारीको प्रभावले आपतमा परेका नेपालीहरुलाई आवश्यकता अनुसार आर्थिक तथा भौतिक सहयोग गर्दै आईरहेको छ ।

    यसै बिच संघले आर्थिक हिनामिना गरेको  भनी आरोप समेत खेपिरहेको छ । नेपालबाट संचालित एक अनलाइनले ‘कोरोना प्रभावितका लागि संकलन राहत एनआरएनए क्यानडाद्धारा झ्याम’ शिर्षकमा समाचार प्रकाशित गरेको थियो । एनआरएन क्यानडाका कार्यकारी सदस्यहरुको नामै उल्लेख गरेर आर्थिक हिनमिनाको समाचार अनलाइनमा सम्प्रेसित छ । उक्त समाचारको चर्को खन्डन गर्दै संघले आज अध्यक्ष चिरन्जिवी घिमिरे र महासचिब पिताम्बर भट्टराईको हस्ताक्षर सहितको एक विज्ञप्ती जारी गरेको छ ।

    बिज्ञप्तीमा भनिएको छ – ‘ कपोकल्पित, भ्रामक एबम गोयबैल्स शैलीमा तथ्यहिन समाचार प्रकाशन गरेकोमा एन.आर.एन.क्याडाको गम्भिर ध्यानाकर्षण भएको छ। नियोजित रुपमा एउटा गिरोह एन आर एन क्यानडा एबम यसका पदाधिकारीहरुको चरित्रहत्या गर्न बिगतदेखि नै सकृय भएर लागिरहेको छ । त्यो गिरोह कहिले ‘NRNA क्यानडाको लेटरप्याड मानव तस्करलाई बिक्री’ भनेर त कहिले सानु माझी नामको फेक फेसबुक आई डी बनाएर श्रृखलाबद्ध रुपमा आक्रमण गरिरहेको छ । एनआरएनए क्यानडा एबम यसका पदाधिकारीहरु माथि अहिले लगाइएका आरोपहरु पनि तिनै हर्कतहरुका निरन्तरता हुन । यस्ता सुनियोजित एवम घिन लाग्दा आक्रमणहरु गर्ने उक्त्त गिरोहलाई आफ्नो नकाब खोलेर भ्रस्टाचार एबम अनिमियतता गरेको प्रमाण पेश गर्न एन आर एन क्यानडा खुला चुनौति पेश गर्न चाहन्छ । कोभिद १९ को सङ्क्रमणको बेला आफ्नो ज्यानको समेत पर्वाह नगरी सकृय ढङग्ले नेपाली समुदायको सेवा गर्न खटेका एन.आर.एन.क्यानडाका जिम्मेवार पधाधिकारीहरु एबम इमान्दार भोल्युन्टरहरुको तेजोबध गर्ने उद्धेश्यका साथ प्रायोजित समाचार छाप्न लगाउने र छापिएको समाचारलाई कुल्सित मनसायका साथ सेयर गरी सस्थालाई बदनाम गराउने सामाजिक गद्धारहरुलाई नेपाली समुदायले समयमै चिन्न र समुदायबाटै बहिस्कार गर्न एन आर एन क्यानडा हार्दिक अनुरोध गर्दछ ।’

    संघले विज्ञप्ती जारी गर्दै तत्थ्यहिन, भ्रामक समाचार फैलाउने अनलाइनलाई आवश्यक कार्वाहीको माग गर्दै नेपालस्थित प्रेस काउन्सिललाई उजुरी गरेको समेत बताएको छ ।

    गैर आवासिय नेपाली संघ – क्यानडाले केही हप्ता अघी मात्रै यो अभियानमा उठाईेको रकम र खर्चको विवरण एक प्रेस विज्ञप्ती जारी गरी सार्वजनिक गरेको थियो । र त्यसपछीका आयब्याय बिवरण छिट्टै सार्वजनिक गर्ने समेत बताएका छन् ।

    यही प्रशंगमा जोडीएका एनआएएनए क्यानडाका युवा संयोजक इश्वर खत्रीसंग बुझ्दा उल्लेखित समाचारमा कुनै पनि सत्यता नरहेको बताए । उनले भने – ‘यो आपतको बेला आर्थिक हिनामिना गर्ने कुरा कल्पना गर्न पनि सकिदैन । कैयौदिन समुदायको हितको लागि, सहयोगका लागि हिंडेको छु । त्यसमा मैले ब्यक्तिगत कती खर्च गरे हिसाब नै छैन । मेरो सकृयता देखेर संस्थागत भलो नचाहनेहरुले यो कपोकल्पित सुचना बाहिर ल्याएका हुन् ।’

    एआएनएको गतिविधीप्रती समुदायमा गुनासोहरु बढेका हुन् ! त्यसैको रिफलेक्सन हो त पटक पटक एनआरएनए क्यानडालाई गरिएको आक्रमण र लगाईने गरेको आरोप ?

    चिरन्जिबी घिमिरे – अध्यक्ष एनआरएनए क्यानडा

    एनआरएनए क्यानडा अहिले क्यानडाभरी रहनु भएका नेपाली समुदायको घर घरमा विभिन्न रुपमा पुगेको छ। अर्को तर्फ नेपाली समुदाय, अन्त्ररास्ट्रीय बिद्यार्थीहरु, भिजिटमा रहनु भएका समस्त नेपालिहरुको समस्याहरुमा सहयोग गरिरहेको परिप्रेक्ष्यमा हाम्रो गतिबिधिहरु, एकता देखेर अतालिएका नकाबधारी र समुदाय बिरोधी तत्वहरुले हामिलाई सिधै , फोन, ईमेल वा म्यासेजबाट दोहोरो कुरा गर्न नसकेर पित पत्रकारिताको शरण पुगेका छन। यस्ता नकाबधारिहरुलाई आफनो मुकुन्डो हटाउने हिम्मत गर्न म अनुरोध गर्दछु । झुट खबरहरुलाई सम्प्रेषण गर्ने खोजपत्रीकालाई म खुला रुपमा च्यालेज गर्न चाहन्छु ” हिम्मत भए प्रमाण पेश गर्नुहोस, झुटलाई जिबनको सहारा नबनाउनु होस”. हामिलाई सहयो गर्ने , शुभकामना दिने सम्पुर्ण नेपाली समुदायका महानुभाबहरुलाई यस्ता गद्दारहरुको पछाडी नलाग्न बिनम्र अनुरोध गर्दछु। खोजपत्रीकाको प्रकाशनमा खेद प्रकट गर्दै जतिसक्दो छिटो यो समाचार कस्को प्रभाव मा तयार भएको श्रोत खुलाईदिन अनुरोध छ।

     

    बिज्ञप्तीको पूर्ण पाठ

    एक महिना अघी एनआरएनए क्यानाडा सार्वजनिक गरेको आर्थिक रिपोर्ट को पूर्ण पाठ हेर्न तलको लिङ्क क्लिक गर्नुहोस् । 

    https://drive.google.com/file/d/1mVqMh6XwREfXLSa0xqwQkNPLjjy8JRb7/view?fbclid=IwAR3xvgppzsoMJFTL2i8q03StaHqbt8MDfakrHbjVcrefxtyuE59oXvtYZTw