CanadaKhabar.com

Saturday, May 4, 2024 -
  • विन्डोज प्रयोगकर्ताले जान्नै पर्ने किबोर्ड सटकर्टहरु

    कम्युटरमा काम गर्दा सटकट कि थाहा नभएर सजिलाई अनी छिट्टै सकिने काम पनि लामो समय लागिरहेको हुन सक्छ अब सट्कट कि प्रयोग गर्न प्रयास गर्नुस् धेरै सजोलो अनी छिटो काम भएको महसुश गर्नुहुनेछ । खासगरी विन्डोज अपरेटिंग सिस्टममा किबोर्डको सटकर्ट प्रयोग गरेर सजिलैसंग थुप्रै कामहरु गर्न सकिन्छ । यसले काम गर्ने गतिलाई बढाउँछ भने समयको पनि बचत हुन्छ । हरेक विन्डोज प्रयोगकर्ताले जान्नै पर्ने केहि विन्डोज सटकर्टहरुको सूची तल दिईएको छ । कतिपय सटकर्टहरु विन्डोजको पुरानो संस्करणमा भने चल्दैन । यि सर्टकटका कि हरु अपडेटेड विन्डोजका आधारमा तयार गरिएको हो ।

    विन्डोज बटनसँगको सटकर्टहरु

    Windows Key ले किबोर्डमा Alt को देब्रे पट्टि हुने बटनलाई चिनाउछ | यस बटनले विन्डोजमा स्टार्ट मेनु पनि खोल्ने गर्छ |

    Windows Key + E : विन्डोजको फाइल एक्सप्लोरर खोल्न
    Windows Key + D: सिधै विन्डोजको डेस्कटपमा जान
    Windows Key + L: कम्प्युटर/ ल्यापटपलाई तु लक् गर्न
    Windows Key + . : इमोजी मेनु खोल्न
    Windows Key + Space: किबोर्डले टाइप गर्ने भाषा परिवर्तन गर्न ( दुईवटा किबोर्ड इन्स्टल गरिएको खण्डमा )
    Windows Key + S: सर्च गर्न
    Windows Key + 1,2,3… : टास्कबारमा पिन भएको एपहरुलाई खोल्न
    Windows Key + Shift + S : नयाँ स्निपटुलबाट स्क्रिनसट लिन
    Windows Key + PrtSrc : स्क्रिनसट लिन
    Windows Key + P : डिस्प्लेलाई प्रोजेक्टर अथवा अर्को मोनिटरमा देखाउन
    Windows Key + M : हाल खुलिरहेको विन्डोलाई मिनिमाइज गर्न

     

    Ctrl, Alt र Shift बटनसँगको सटकर्टहरु

    Ctrl + C: टेक्स्टलाई कपी गर्न
    Ctrl + V: टेक्स्टलाई पेस्ट गर्न
    Ctrl + A : स्क्रिनमा देखाएको सबै फाइल / टेक्स्टहरुलाई एकै पटकमा सेलेक्ट गर्न
    Ctrl + Z: लेखि सकेको कुरालाई हटाउन
    Ctrl + Y: हटाएको कुरालाई पुन: फिर्ता ल्याउन
    Ctrl + Shift + Esc : टास्क म्यानेजर खोल्न
    Alt + Left arrow : पछाडी आउन
    Alt + Right arrow : अगाडि जान
    Alt + Enter : जानकारी देखाउन
    Alt + Spacebar: अप्सन मेनु खोल्न
    Alt + F4 : खुलिरहेको विन्डो बन्द गर्न

     

     

    एकमात्र बटन थिचेर हुने सटकर्टहरु

    F1 : सहयोग मेनु खोल्न
    F2: फाइलको नाम परिवर्तन गर्न
    F3: फाइल एक्सप्लोरारमा फाइललाई सर्च गर्न
    F5: रिफ्रेश गर्न

    F11: भिडियो , वेबपेजलाई फुल स्क्रिन बनाउन
    Delete / Del: केहि कुरा डिलिट गर्न
    Backspace : अगाडिको ट्याब वा लोकेसनमा जान / लेखेको टेक्स्ट मेट्न

    इन्टरनेट ब्राउजर भित्र आवश्यक पर्ने सटकर्टहरु

    F5: ट्याब रिलोड गर्न
    Ctrl + F: मन लागेको शब्द सर्च गर्न
    Ctrl + W : हाल खुलीरहेको ट्याबलाई बन्द गर्न
    Ctrl + U : बन्द भइसकेको ट्याबलाई पुन: खोल्न
    F11: भिडियो , वेबपेजलाई फुल स्क्रिन बनाउन
    Ctrl + Shift + T : बन्द गरेको ट्याबलाई पुन: खोल्न