CanadaKhabar.com

Saturday, May 11, 2024 -
  • नेपालमा जोर-बिजोर प्रणाली लागू , आज जोर नम्बरका गाडी मात्र चल्ने

    काठमाडौं । काठमाडौं उपत्यकासहितका जिल्लाहरुमा आजबाट सार्वजनिक तथा निजि सवारी साधनमा जोर-बिजोर प्रणाली लागू भएको छ ।

    कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिएसँगै काठमाडौँ उपत्यका र कोरोनाको २०० भन्दा बढी सक्रिय संक्रमित भएका जिल्लामा अत्यावश्यक सेवाबाहेकका सवारीमा जोर-बिजोर प्रणाली लागू भएको हो ।

    आज साउन २२ गते जोर गते रहेकाले जोर नम्बर प्लेट भएका सवारी साधनमात्र चल्न पाउने छन् । सवारी साधनको नम्बर प्लेट र गतेको अन्तिमको अंकको आधारमा जोर–बिजोर छुट्याइन्छ ।

    त्यस्तै काठमाडौँ उपत्यका प्रवेश गर्ने अत्यावश्यक ढुवानीबाहेकका सबै यात्रुवाहक सवारी साधनलाई बेलुका ७ देखि बिहान ७ बजेसम्म निषेध गरिएको व्यवस्थालाई कडाई गरिने भएको छ ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा जारी जनस्वास्थ्यका मापदण्ड तथा गृह मन्त्रालयद्वारा जारी सुरक्षा मापदण्ड कडाईका साथ पालना गर्ने, गराउने, मास्क नलगाउने वा जनस्वास्थ्यका मापदण्डको उल्लङ्घन गर्ने व्यक्तिलाई दण्ड जविरवाना गर्ने र जनस्वास्थ्य मापदण्ड तथा सुरक्षा मापदण्ड उल्लङ्घन गर्ने व्यक्ति समूह तथा संस्था भए सोको सञ्चालकसमेतलाई कारबाही गरिने गृह मन्त्रालयले जनाएको छ ।