CanadaKhabar.com

Monday, August 31, 2026 -

संचारकर्मी इश्वर ढकालले सार्वजनिक गरे ‘पर्खाईमा’

क्यानडाखबर संबाददाता – काठमाडौं ।

संचारकर्मी ढकालको ‘पार्खाइमा’ सार्वजनिक संचारकर्मी ईश्वर ढकालको ‘पर्खाइमा’ बोलको गीत युट्यूव मार्फत सार्वजनिक भएको छ।

ढकालको शब्द रचना रहेको उक्त गीतलाई गायक/संगीतकार आशु लामाले स्वर दिएका छन् भने संगीत गीत पनि गायक लामा कै रहेको छ। सुरसंगीत डिजिटल स्टुडियोमा रेकर्ड गरिएको गीतलाई संन्तोष पौडेलले मिक्सिङ गरेका छन्।

उक्त गीतलाई संचारकर्मी ढकालले आफ्नै युट्यूव च्यानल मार्फत सार्नजनिक गरेका छन्। ढकालका ‘हाम्रो सौरपानी’, ‘न्याउली रोयो’, ‘पर्खाइ’, ‘पर्खाइमा’ लगायत आधा दर्जन गीत रेकर्ड भैसकेका छन्।

भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस्